स्वस्तिमाले छोडेपछि आँचल

- साप्ताहिक संवाददाता

कार्तिक २८, २०७५

हेवी वेट कलाकारको छायांमा परेको भन्दै केही समय अगाडि अभिनेत्री आँचल शर्माले अब ठूलो स्टाडम बोकेका कलाकारसँग चलचित्र नगर्ने बताएकी थिइन् । तर, जे गर्दिन भनेकी थिइन् उनी त्यही गर्ने अवस्थामा पुगेकी छन् । 

‘शत्रु गते’मा मह जोडी र दीपकराज गिरी तथा दीपाश्री निरौलाको ओजेलमा पारेपछि आँचलले अब हेवी वेट अभिनेता तथा अभिनेत्रीसँग काम नगर्ने बताएकी थिइन् । यद्यपि उनी अहिले शोही ब्यानरले बनाउन लागेको चलचित्रमा ठोक्किन आइपुगेकी छन् । 

अभिनेत्री स्वस्तिमा खड्काले समय अभावको कारण देखाउँदै चलचित्र ‘दाल भात तरकारी’ छाडेपछि उनको ठाउँमा आँचल आइपुगेकी हुन् । अभिनेत्री खड्काले साइन गरेको चलचित्र ‘हजार जुनी सम्म’ सोही समयमा छायांकनमा जाने भएपछि उनले ‘ड्रप आउट’ गरेकी हुन् । ‘हजार जुनी सम्म’ लाई विकास आचार्यले निर्देशन गर्दैछन् । 

यता ‘दाल भात तरकारी’ लाई भने किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् । यो चलचित्रमा मह जोडी लगायतका  कलाकारले अभिनय गर्दैछन् ।

 

प्रकाशित :कार्तिक २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्