माघ १८ मा गोपी

- साप्ताहिक संवाददाता

कार्तिक २८, २०७५

चैत १५ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्र ‘गोपी’को रिलिज डेट परिर्वतन भएको छ । यो चलचित्र अब माघ १८ गतेबाट प्रदर्शन हुने भएको छ । 

चलचित्रका निर्देशक दीपेन्द्र लामाको भनाई अनुसार विदेशबाट चलचित्र छिटो रिल जगर्न आग्रह बढेपछि चलचित्रको प्रदर्शन मिति अघि सारिएको हो । उनले पोस्ट प्रडक्सनको काम चाँडै सकिएकाले पनि पूर्व निर्धारित मितिभन्दा अगाडि नै गापी रिलिज गर्न लागेको बताएका छन् । 

चलचित्रमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त शिर्ष भूमिकामा देखा पर्ने छन् । निजी ब्यबसाय गर्ने क्रममा एक युवकले भोगेको चुुनौतीनै चलचित्र ‘गोपी’को मुख्य कथा हो । अभिनेता खगेन्द्र लामिछानेले छोडेपछि विपिन कार्की यो चलचित्रमा आबद्ध भएका थिए । निर्देशक लामा ‘घामपानी’का निर्देशक हुन् ।

 

प्रकाशित :कार्तिक २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्