फर्केर आएन मायालु

- साप्ताहिक संवाददाता

कार्तिक २७, २०७५

दशक अघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतम नयाँ गीत लिएर सांगीतिक बजारमा आएका छन् । दिनेशको  ‘फर्केर आएन मायालु’ को म्युजिक भिडियो यसै साता सार्वजनिक भएको छ । पुस्तक प्रसादको शब्द संगीत रहेको यो गीतसँगै संगीत जगतमा दिनेशको कमव्याक भएको छ । 

म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र सृष्टि खड्काको अभियन रहेको छ । निशान कश्यपको निर्देशनमा तयार भएको म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । दिनेशको ‘म इश्वर भएको भए’, ‘इमान बेचिदिन्छ मान्छे’, ‘छाती भित्र पतझड राखेको छु’, ‘हो यस्तै रहेछ माया’ लगायतका गीत चर्चित छन् ।

 

 

प्रकाशित :कार्तिक २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्