सोनाको नयाँ गीत

- साप्ताहिक संवाददाता

कार्तिक २६, २०७५

गायिका सोना अमात्य नयाँ गीतका साथमा बजारमा आएकी छिन् । उनले पछिल्लो पटक गाएको ‘म त खुल्ला छु’ बोलको गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द रहेको छ । गीतमा शिखर सन्तोषले संगीत गरेका छन् । 

सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । बिवेक सिंह ठकुरीले निर्देशन गरेको म्यूजिक भिडियोमा सोना अमात्यले अभिनय गरेकी छिन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको म्यूजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । 

‘म त खुल्ला छु’को म्यूजिक भिडियो :

 

प्रकाशित :कार्तिक २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्