तामाङ्की कान्छी बनेर आईन एलिसा राई

- साप्ताहिक संवाददाता

कार्तिक २६, २०७५

गायक राजमान तामाङ ‘कान्छी’का साथमा बजारमा आएका छन् । वैदेशीक रोजगारीको शिलशिलामा केहि वर्षदेखि डेनमार्कमा बस्दै आएका तामाङले दसैं/तिहार मान्न नेपाल आएका बेला ‘कान्छी’ सार्वजनिक गरेका हुन् । ‘कान्छी’बोलको उक्त सार्वजनिक गीतमा जितेन लोप्चनको शब्द/संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

युवराज वाईवाले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा एलिसा राई र सरोज मोक्तानले अभिनय गरेका छन् । संखुवासभाका तामाङ्ले गत वर्ष ‘उत्सब’ नामक एल्वम सार्वजनिक गरेका थिए । उनका ‘हल्का हल्का, पुर्वैमा धरान राम्रो’ लगायतका गीत चर्चामा छन् । 

कान्छीको म्यूजिक भिडियो :

 

प्रकाशित :कार्तिक २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्