रातो टिका टल्क्यो टल टल

- साप्ताहिक संवाददाता

कार्तिक २३, २०७५

नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्धलाई गायनमा मेलिना राईले साथ दिएकी छिन् । 

चर्चित डान्स ग्रुप भिमफेदी गाइजको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई भद्रगोलका काकु अर्थात लेखक तथा निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् । 

रातो टिका निधारमा टल्क्यो टल टल बोलको गीतलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफी गरेका हुन् भने डिओपी सुदिप बरालको रहेको छ । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :कार्तिक २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्