डोली मंसिर २८ मा

- साप्ताहिक संवाददाता

कार्तिक २३, २०७५

 

चलचित्र डोली मंसिर २८ मा अल नेपाल रिलिज हुने भएको छ ।  सामाजीक प्रेमकथा माथि निर्माण भएको चलचित्रको पहिलो पोस्टर सहित रिलिज डेट एकै पटक सार्वजनिक गरिएको हो । राजबहादुर सानेले निर्देशन गरेका चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको छ । 

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रका गीतमा सिडी विजय अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।  

जयराम थापाले खिचेको चलचित्रमा शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको छ । चलचित्रका गीतमा कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् । लाटी, बृन्द्राबन, बिरंगानालगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक सानेले यो चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन लिने बताएका छन् । 

 

प्रकाशित :कार्तिक २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्