लक्ष्मीपूजा

- साप्ताहिक संवाददाता

कार्तिक १९, २०७५

 

 तिहारको तेस्रो दिन कार्तिक कृष्ण औंसीको राति धनकी देवी लक्ष्मीको पूजा गरिन्छ ।

 यो दिन बिहानदेखि घर सरसफाई गरेर निराहार व्रत बसेपछि साँझ लक्ष्मी पूजा गर्ने चलन छ । 

 

 लक्ष्मीको पूजा गर्न सयपत्री मखमली, अक्षता, अबिर, केशरी, जौ–तिल, दही, पञ्चामृत, वस्त्र शृंगार सामग्री नरिवल, लावा, कपुर, सिन्के धूप, मौसम, जुनार, गाग्री, पैसा तथा आँगन लिप्न रातो माटो आवश्यक हुन्छ । 

 यो दिन लक्ष्मीलाई प्रसादका रुपमा सेलरोटी पनि चढाइन्छ । 

 

 आँगन सफा पारेर रातो माटोले लिपपोत गरी लक्ष्मीको स्वागतार्थ ढोकामा लक्ष्मीको पाइला बनाइन्छ । 

 यो दिन कुचो, नाङ्लो, तामाको पात्र, ढुकुटी तथा गहना पनि पूजा गर्ने चलन छ । 

 

 लक्ष्मीलाई कमलको फूल चढाइन्छ । यसले धनवृद्धि हुने धार्मिक मान्यता छ ।

 घरमा कुवेरको मूर्ति राख्दा लक्ष्मी खुशी हुने विश्वास गरिन्छ । कुबेर धनका मालिक हुन् भने उनले लक्ष्मीको रक्षा गर्छन् भन्ने मान्यता छ । 

प्रकाशित :कार्तिक १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्