फेरि मधुवनमा

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७५

एक समय सक्रिय मधुवन रुपमा सिर्जनामा तल्लिन मधुवन लामो समय निस्कृय रह्यो । विभिन्न कारण सुस्ताएको मधुवन फेरि आफ्नो नयाँ सञ्जाल विस्तार गरेको छ । मधुवन साहित्य प्रतिष्ठानको नयाँ कार्यसमितिले काव्य पहिलो काव्य श्रृखला सम्पन्न गरेको छ । शनिबार सम्पन्न काव्य श्रृखलामा चार पुस्ताका १५ कविले आफ्ना सिर्जना प्रस्तुत गरे । 

कार्यक्रममा प्रमुख अतिथि विष्णुविभु घिमिरेले चार पुस्तालाई एकै ठाउँमा सुन्न पाउँदा कुनै उत्सव मनाएको आभास भएको बताए । उनले छन्द, गद्य र गजल सबै विधालाई एकै ठाउँमा सुन्न पाउँदा खुसी महसूस भएको बताउदै मधुवनलाई कालान्तरसम्म सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । नयाँ पुस्ताप्रति अति नै आशावादी रहेको समेत बताए  । 

चौँथो पुस्ताका कवि निर्भीकजङ्ग रायमाझीको रूखमुनिको छायाँ शीर्षक कविताबाट शुरु गरिएको कवितावाचन पछि अमृता स्मृतिले रिपोर्टरको जिन्दगी सुनाइन् । देवकी अभिलाषिले ‘वनमान्छे’ प्रस्तुत गरिन् भने बलात्कारका अनेक श्रखलाका कारण देशमा व्याप्त हिंसाजन्य घटनाको विम्बमा महेश क्षितिजले वर्तमान र वादलको देश शीर्षक कविता प्रस्तुत गर्दा तेस्रो पुस्ताका कवि रामगोपाल आशुतोषले एक्लो उपत्यका शीर्षकको कवितामा उपत्यकामा व्याप्त सामाजिक, आर्थिक र सांस्कृतिक विकृतिको फेहरिस्त नवीन शैलीमा प्रस्तुत गरे ।

तेस्रो पुस्ताका कवि नवराज लम्साल, फुलमान बल, चन्द्रवीर तुम्बापो, भगवती बस्नेत, ठाकुर वेलवासे मणि लोहनी, शितल कादम्बिनी, डा. विप्लव ढकाल, मोमिला जोशी, दोस्रो पुस्ताका कवि उषा शेरचन र विष्णुविभू घिमिरे र पहिलो पुस्ताका कवि मन्जु काँचुलीले आफ्ना कविता प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष जीवन खत्रीले कार्यक्रममा संस्थाको भावी योजना सुनाउँदै आगामी ५ वर्षमा १० लाख अक्षयकोष स्थापना गरि साहित्यिक पुरस्कार दिने र अन्य गतिविधि पनि गर्दै जाने कुरा व्यक्त गरे ।

 

प्रकाशित :कार्तिक १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्