मिठाई खादा ध्यानदिनु पर्ने कुरा

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७५

 

 चिल्ला एवं गुलिया परिकार धेरै बनाइए पनि स्वास्थ्यको ख्याल नगरी निस्फिक्रीसाथ यस्ता खानेकुरा खानु हुँदैन । 

 

 अहिले धेरैजसोलाई ग्याष्ट्रिक, मधुमेह तथा कोलस्ट्रोलको समस्या हुने भएकाले सेलरोटी, फिनी, अनरसा तथा अन्य चिल्ला अनि गुिलया मिठाई सीमित मात्रामा खानुपर्छ । 

 

 मिठाईमा मिसावट हुने भएकाले हेर्दा आकर्षक, लोभलाग्दा तथा रंगीन मिठाइ नखानु नै बेस हुन्छ ।

 

 वर्क राखिएको मिठाई खानु हँुदैन, किनभने त्यसमा एल्मुनियम प्रयोग गरिएको हुन्छ । 

 

 चिनीरहित मिठाई ठिक्क मात्रामा खान सकिन्छ ।

 

 मिठाइमा प्रयोग गरिने तेल–घिउ कत्तिको स्वास्थ्यवद्र्धक छन् ध्यान पुर्‍याउनुपर्छ ।

 

 सकेसम्म घरमै मिठाई बनाउनुपर्छ । संभव नभए शुद्ध तथा सफा मिठाई पसलबाट खरिद गर्नुपर्छ ।

प्रकाशित :कार्तिक १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्