फेस्टिभ फेसन

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७५

 

 

 

 यतिबेला ट्रेडिसनल लुकको साटो इन्डो वेस्टर्न ड्रेस तथा वेस्टर्न स्टाइल प्रयोग गर्न सकिन्छ । 

रिच मेटिरियल, हेभी वर्क तथा डार्क कलर कम्बिनेसनको माध्यमबाट पहिरनलाई ट्रेन्डी लुक दिने चलन बढ्दो छ । 

साडीलाई फरक लुक दिन त्यसलाई ट्रेडिसनल र कन्टेम्प्रेरी बोर्डर तथा प्रिन्ट्सका साथ संयोजित गर्नु राम्रो हुन्छ । यो सिजनमा रेड र गोल्ड वा सिल्भर कलरको साडीको कम्वीनेसन रुचाइएको पाइन्छ । यसबाहेक फुसिया, टेन्जरन, भोयलेट तथा ग्रीन कलर पनि उपयुक्त हुन्छ । 

इन्डो वेस्टर्न कुर्तीका साथमा मिक्स–म्याच गर्दै चुडीदार, लेगिङग््स विदआउट दुपट्टा चल्तीमा छ भने नि लेन्थ वा, अम्ब्रेला फलेयर्ड कुर्ता पनि उपयुक्त हुन्छ । यस्तो कुर्ता कम्मरमा टाइट र मुनितिर फ्रिल हुन्छ । कुर्तामा प्राय: सिफन, क्रेप आदि फ्रेब्रिक प्रयोग गरिएको पाइन्छ । यस बाहेक थ्री फोर्थ वा केप्रिज पनि मागमा रहेको पाइन्छ । 

 

साडी इज फरएभर 

साडीलाई स्टाइलिस हिसावले प्रयोग गर्न सकिन्छ । फ्युजन स्टाइलमा यसलाई पेफ्लम टप, फुल स्लिम ज्याकेट तथा कोटसित पेयर गरी लगाउन सकिन्छ । आजभोलि डिजाइनर साडी पनि चल्तीमा छ । डिजायनर साडीका साथमा सुहाउँदो चाइनिज कोलर ब्लाउज वा बोट नेकका साथमा हाफ स्लीभ ब्लाउज ट्रेन्डमा छ । ब्राइट कलर बाहेक ब्ल्याक र गोल्डेन रंग पनि धेरैले रुचाउँछन् । 

फेस्टिभ सिजनमा गोल्डेन इम्ब्रोइडरी गरिएको साडी वा लेहेंगा लगाउन सकिन्छ । अनारकली सुट र चुडीदार इन्डियन फ्युजनको परफेक्ट ब्लेन्ड हो । रेडिमेड लेहेंगा साडीले कम्फर्टका साथै स्टाइल समेत प्रदान गर्छ । 

ब्लाउजको साटो लामो कुर्ती वा छोटो कुर्ती प्रयोग गर्न सकिन्छ । प्लाजो पाइन्टदेखि धोती पाइन्ट र चुडीदार तथा स्कर्टका साथमा साडी लगाउन सकिन्छ । पेटिकोटको स्थानमा लेगिङका साथ सियर साडी तथा क्रेप टप लगाए आइक्याची लुक प्राप्त हुन्छ । पार्टी लुकका लागि आँचललाई घाँँटीमा स्टाइलिस तरिकाले बेर्न सकिन्छ । यसलाई स्कार्फ वा नेक एक्सेसरिजको रूप दिन सकिन्छ । 

हाफ साडी पनि यतिबेला चल्तीमा छ, जसले स्कर्ट लुक प्रदान गर्छ । यसमा प्लेटेड लुंगी स्टाइल स्कर्ट जस्तै साडीलाई स्टीच गरिएको हुन्छ र आँचललाई ब्लाउजसित जोडेर सिलाइन्छ । 

पार्टीका लागि ड्रेप गाउन साडी पनि राम्रो विकल्प हो । यसमा साडीलाई वेस्टर्न गाउन जस्तै लुक प्रदान गरिन्छ । 

 

 

लेहेंगा 

लेहेंगामा ट्रेडिसनल लुक र वेस्टर्न कट्सलाई कम्बाइन गर्न सकिन्छ । साडी र लेहेंगालाई फ्युजन गरे ग्ल्यामरस लुक प्राप्त हुन्छ । यसका साथमा ब्याकलेस वा हल्टर नेक वा डिप नेक ब्लाउज क्यारी गर्न सकिन्छ । 

कोर्सेट लेहेंगा आजभोलि प्रचलनमा छ । यसमा लेहेंगा माथि टप हुन्छ, जुन पछाडिबाट डोरीले अटेच गरिन्छ । यसमा स्टोन, कुन्दन तथा पोल्की वर्क गरिएको हुन्छ । 

ट्रेन्डकै कुरा गर्दा अहिले परम्परागत लेहेंगाको साटो स्ट्रेट, बडी फिट, लेहेंगा साडी फिस कट जस्ता विकल्प उपलब्ध छन् । 

लेहेंगालाई रिच लुक प्रदान गर्न यीनमा ब्रोकेड, क्रेप, जर्जेट, सिल्क आदि फ्याब्रिक प्रयोग गरिन्छ । 

 

 

अनारकली सुट 

अनारकली सुटको फेसन कहिल्यै पुरानो हुँदैन । धेरै हेभी लुक रुचाउनुहुन्न भने मात्र हेभी बोर्डर र नेक लाइनमा वर्क गरिएको सुट प्रयोग गर्न सकिन्छ । यसबाहेक आजभोलि एथनिक ज्याकेटका साथमा अनारकली पनि कम्वाइन गर्न थालिएको छ । 

वर्क गरिएका अनारकली र शेडो साडीको लोकप्रियतासमेत उत्तिकै छ । 

 

 

शरारा 

यो फेस्टिभ सिजनमा शरारा प्रयोग गर्नु छ भने त्यो एकदम साधारण नहोस भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । यसमा थोरै ग्लिटर एड गर्नु राम्रो हुन्छ । यसले लुकमा ग्रेस र चार्म एड गर्छ । 

 

शराराको रंग रेड, ओरेञ्ज, इन्डिगो वा पिंक हुनुपर्छ । फ्युजन क्रिएट गर्न शराराको सलवारलाई थोरै वेस्टर्न टुइस्ट दिन सकिन्छ र यसका साथमा लगाइने लङ कुर्तामा थोरै स्टायल एलिमेन्ट एड गर्न सकिन्छ । 

 

कलर्स, इम्ब्रोइडरी तथा एम्बेलिसमेन्टको जादु 

फेसन डिजाइनरहरूका अनुसार यो फेस्टिभ सिजनमा फुसिया, एमराल्ड ग्रीन, पिच, एलो, ब्लु तथा ब्ल्याक जस्ता कलर चल्तीमा छन् । यी कलर्स सिफन, जर्जेट र नेटजस्ता फ्याब्रिकमा राम्रा देखिन्छन् । यतिबेला फ्याब्रिकमा इम्ब्रोइडरी र एम्बेलिशमेन्ट खुबै देख्न पाइन्छ । यीनका साथमा झुम्का, मोतीको नेकलेस, क्रिस्टल ब्रेसलेट तथा फिङगर रिङ्ग प्रयोग गर्न उपयुक्त हुन्छ । 

 

कलर्सलाई खास बनाउन पहिरनमा दुई तीनवटा कलरको शेड दिन सकिन्छ । अहिले रेड एन्ड ब्ल्याक, रेड एन्ड ह्वाइट, ग्रीन एण्ड मजेन्टा शेडको क्रेज छ । 

अहिले दुई रंगको कम्बिनेसन पनि चल्तीमा छ । इन्डो ड्रेसका लागि पीच कलरका साथमा रोयल ब्लु, रेडका साथमा वाइन, पीचका साथमा नियन ओरेञ्ज कलर उपयुक्त हुन्छ । 

 

यदि ब्राइट कलरको पहिरन लगाउनु छ भने त्यसमा कम कढाइ होस भन्ने कुरमा ध्यान पुर्‍याउनु पर्छ । यदि लाइट कलर चयन गर्नुछ भने इम्ब्रोइडरी हेभी हुनुपर्छ । 

कलर पेलेटमा रिचनेस देख्न सकिन्छ । त्यसका लागि पिच, एक्बा, मरिन ब्लु तथा ग्रीन पेस्टल शेडस शेम्पेन पिंक जस्ता कलर्स छनौट गर्न सकिन्छ । 

 

यो सिजनमा ट्रेडिसनल इम्ब्रोइडरी तथा एम्बेलिसमेन्ट चल्तीमा छ । ब्लब प्रिन्ट्स भाइब्रेन्ट फुलकारी, डेलिकेट इम्ब्रोइडरी ब्रोकेड, गोल्डेन शिमर तथा सिक्वेन्स ट्रेन्डमा छ । 

 

यो फेस्टिभ सिजनमा फ्लोरल ट्रेन्ड फर्किएको छ । ब्राइट कलर्सम्स फ्लोलर स्कर्टका साथमा टप लगाउन सकिन्छ । दिउँसो वर्कले हाइलाइट गरिएको अनारकली सुट लगाउन सकिन्छ भने सिल्कको भिन्टेज फ्लोरल पेटर्न भएको इम्ब्रोइडरी साडी राति प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित :कार्तिक १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्