बुलबुलको खुद्राखाद्री गीत

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७५

चलचित्र ‘बुलबुल’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको उक्त गीत फ्ल्यास मोब शैलीमा सार्वजनिक गरियो । ‘खुद्राखाद्री’बोलको उक्त गीत  काठमाडौको काठमाडौं मल,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट एकै साथ सार्वजनिक गरिएको हो । 

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ । कोशिस क्षेत्रीको शब्द/संगीत रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । 

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा झन्डै १८ लाख खर्च भएको निर्माण पक्षले बताएको छ । गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले नृत्य गरेका छन् । 

विनोद पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतले अभिनय गरेका छन् । विनोद पौडलकै पटकथा रहेको चलचित्र सुसन प्रजापतिले खिचेका हुन् ।

अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको रामराजा दाहाला कार्यकारी निर्माता हुन् । यो चलचित्र फागुन ३ बाट देशभर प्रदर्शन आउने छ । 

खुद्राखाद्री गीतको भिडियो :

प्रकाशित :कार्तिक १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्