भाइरल ब्वाई चलचित्रमा

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७५

‘भाइरल ब्वाई’ मनिष लिम्बू अब चलचित्रमा देखिने भएका छन् । उनलाई निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्र ‘वीर विक्रम २’ मा बाल कलाकारमा अनुबन्ध गरेका छन् । 

निर्देशक चाम्सले आधिकारिक फेसबुकमार्फत् उक्त कुराको जानकारी दिएका छन् । 

‘वीर विक्रम २’ को छायांकन केही हप्तामा सुरु हुँदैछ । चाम्स स्वयम यस चलचित्रका निर्माता र निर्देशक हुन् ।

प्रदीप भारद्वाजले कथा लेखेका छन् । आकाश श्रेष्ठ, दयाहाङ राई, नाजिर हुसेनलगायतका कलाकारले यस चलचित्रमा अभिनय गर्ने छन् ।

 

प्रकाशित :कार्तिक १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्