इन्काउन्टर घोषणा

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७५

लेखक तथा निर्देशक एनबी अञ्जानले चलचित्र ‘इन्काउन्टर’ निर्माण गर्ने घोषणा गरेका छन् । लतिलपुरको एकान्तकुनास्थित एउटा रेकर्डिङ स्टुडियोमा चलचित्रको पहिलो गीतको रेकर्डिङ थालनी गर्दै अञ्जानले देशको समसामयिक विषयमा आधारित चलचित्र निर्माण गर्न लागेको बताए ।

उक्त चलचित्रमा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेशजंग खड्का, फुर्वा दोर्जे तामाङ, राधिका घिमिरे, सावित्रा तामाङ, दीपक क्षेत्री, सुशिल पोखरेल आदि कलाकारले अभिनय गर्दैछन् । चलचित्रको निर्माण घोषणाका क्रममा गायिका मीना निरौलाको स्वरमा चलचित्रको आइटम गीतको रेकर्ड सम्पन्न गरिएको थियो । 

 

प्रकाशित :कार्तिक १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्