स्टारडम खस्किन नदिने

- साप्ताहिक संवाददाता

कार्तिक १५, २०७५

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले गर्ने उत्कृष्ट कार्यका कारण निर्माता तथा अभिनेताहरूको रोजाइमा परिरहेको बताएकी छिन् । पोखरामा हालै सञ्चारकर्मीहरूमाझ शाहले भनिन्, ‘निर्माता तथा अभिनेताहरूलाई म चाहिने हो, म आफैं अभिनेता वा निर्माता छान्दिनँ । 

आफूले अभिनय गरेका चलचित्रमध्ये इन्टु मिन्टु लन्डनमा उत्कृष्ट रहेको उनको दाबी छ । यो चलचित्रबाट हलिउड–बलिउड चलचित्रको टेष्ट खोज्ने दर्शकहरूसमेत सन्तुष्ट हुने दाबी उनले गरिन् । 

कायराबाहेक आफ्ना अन्य चलचित्रले उत्कृष्ट व्यापार गरेको समेत उनले बताइन् । आफ्नो स्टारडम दिन प्रतिदिन बढ्दै गएको र त्यसलाई खस्किन नदिनसमेत आफू सचेत रहेको साम्राज्ञीको भनाइ छ ।

प्रकाशित :कार्तिक १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्