गुनगुनको चम्क्यो तारा चमक्क

- साप्ताहिक संवाददाता

कार्तिक १३, २०७५

चलचित्र ‘गुनगुन’को नयाँ गीत सार्वजनिक भएको छ । सामाजिक कथामा निर्माण भएको चलचित्रको दोस्रो गीतमा सञ्चिता लुईंटेल र सन्नी ढकाल फिचर्ड छन् । यी दुईको प्रेमभावलाई गीतमा चित्रण गरिएको छ । सार्वजनिक ‘चम्क्यो तारा चमक्क’ बोलको गीतमा प्रदीप भट्टराईका शब्द तथा विकास चौधरीको संगीत रहेको छ । गीतमा मेलिना राई तथा दौलत राईको स्वर रहेको छ ।

गीतलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने यसलाई सौरभ लामाले छायांकन गरेका छन्् । चलचित्रमा सञ्चिता र सन्नीका साथमा निर्देशक तथा निर्माता पुकार भट्टराई, नायक सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । 

यो चलचित्र कार्तिक ३० बाट अल नेपाल प्रदर्शनको प्रचारमा छ ।

गीतको भिडियो :

प्रकाशित :कार्तिक १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्