चकलेटी भिडन्त

- साप्ताहिक संवाददाता

कार्तिक १३, २०७५

अनमोल केसी र प्रदीप खड्कालाई चकलेटी अभिनेता भनिन्छ । उनीहरू दुवैको क्रेज लोभलाग्दो छ । दुबैलाई पुरुषभन्दा महिला प्रसंसकले बढि पछ्याउँछन् । यीनै कारणहरूले गर्दा यी दुई अभिनेताबीच एक प्रकारको प्रतिस्पर्धा समेत छ । भन्नेहरू त उनीहरूबीच शित युद्ध नै चलिरहेको समेत बताउँछन् । वितकरहरू समेत यी दुईका चलचित्रलाई सकेसम्म भिडाउन चाहन्छन्, यद्यपि सफल भएका छैनन् । 

दुवैले अभिनय गरेका छ–छवटा चलचित्र प्रदर्शनमा आइसकेका छन् । अनमोलको क्याप्टेन प्रदर्शनको तयारीमा छ भने प्रदीपको लभ स्टेसन पनि प्रदर्शनको तयारीमा छ । अहिले आएर अनमोलको क्याप्टेन तथा प्रदीपको लभ स्टेसन एकै दिन प्रदर्शन हुने चर्चा चल्न थालेको छ । महाशिवरात्रीको पूर्व सन्ध्या पारेर चलचित्र क्याप्टेन फागुन १७ गते प्रदर्शन हुने निश्चित भैसेकेको छ भने लभ स्टेशन पनि त्यही मितिमा प्रदर्शन हुने बताइँदैछ । 

उक्त मितिमा यी दुई चलचित्र आए भने हालसम्मकै सबैभन्दा ठूलो भिडन्त हुने निश्चित छ । त्यसो त त्यही दिन प्रदीप भट्टराईको जात्रै जात्रा, केशव भट्टराईको यात्रा तथा सुविन भट्टराईको उपन्यासमा आधारित चलचित्र समर लभ समेत प्रदर्शनमा आउने चर्चा छ । 

प्रकाशित :कार्तिक १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्