मानिसको छालाबाट बनेको कोट

- साप्ताहिक संवाददाता

कार्तिक १३, २०७५

आधुनिक सिंगापुरका निर्माता लि क्वान यु स्थानीय जनताबीच कतिसम्म लोकप्रिय थिए भने उनको सम्मानका लागि त्यहाँका जनताले सिंगापुरमा बसोबास गर्ने प्राय: सबै जाति–नजातिको प्रतिनिधित्व हुने गरी मानव छाला संकलन गरेर त्यसको एउटा कोट बनाइ लि क्वान युलाई समर्पित गरेका थिए । 

मानिसको छालाको कभर

हर्वड विश्वविद्यालयको पुस्तकालयमा अवस्थित मानव शास्त्रसम्बन्धी एउटा पुस्तकको कभर मानिसको छालाद्वारा बनाइएको हो । १७ औं शताब्दीमा बनेको उक्त ७ सय ९४ पृष्ठको प्राक्टिकारम क्वेसनम सिरका लेगस रेगियास शीर्षकको पुस्तकमा चिकित्सा विज्ञानसम्बन्धी तथ्यहरू संकलन गरिएको छ । ४ अगस्त १६३२ मा अफ्रिकी महादेशको कुनै एक देशका तत्कालीन शासक म्वेशाले उक्त पुस्तकलाई सुरक्षित राख्ने जिम्मेवारी पुस्तकका लेखकलाई नै दिएका थिए । ती पुस्तकका लेखक (नाम नखुलाईएको)ले आफ्ना मित्र जोनास राईटको अचानक निधन भएपछि उनकै छाला प्रयोग गरेर उक्त पुस्तक वाइन्डिङ गरेका थिए । उक्त पुस्तक अझै सुरक्षित छ । 

प्रकाशित :कार्तिक १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्