निशुको तिहार गीत

- साप्ताहिक संवाददाता

कार्तिक १२, २०७५

तिहार नजिकिदै गर्दा गायिका निशु ढकाल तिहार गीत लिएर बजारमा आएकी छिन् । उनले ‘आयो तिहार लिएर देउसी’ बोलको तिहार विशेष गीत सार्वजनिक गरेकी हुन् । म्युजिक भिडियो समेत सार्वजनिक गरिएको उक्त गीत नवीन के तिमल्सिनाले लेखेका हुन् । 

गीतमा नवीनकै संगीत एवं लय रहेको छ । नेपाली मौलिक शैलीमा निर्माण गरिएको म्युजिक भिडियोमा एन्जिला, शिल्पा र रुपाले अभिनय गरेका छन् । 

यसअघि उनले ‘जन्ती जाने हो’लगायतका झण्डै दर्जन बढी गीतहरुमा स्वर दिइसकेकी छिन् । 

आयो तिहारको म्यूजिक भिडियो :

 

 

प्रकाशित :कार्तिक १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्