समलिंगी पेन्गुइन

- एजेन्सी

कार्तिक १२, २०७५

पेन्गुइन चरामा समलिंगी गतिविधि बढिरहेको अनुसन्धानले देखाएको छ । डेनमार्कको ओडेन्से चिडियाखानामा भएका पेन्गुइनमा समलिंगी गतिविधि बढिरहेको बताइन्छ । समलिंगी जोडीका रूपमा रहेका दुई भाले पेन्गुइनले बच्चाको लालसामा अर्कै जोडीको बच्चा पेन्गुइनको अपहरणसमेत गरेका छन् । 

उक्त चिडियाखानाका कर्मचारी स्यान्डी हेडीगार्डका अनुसार भाले समलिंगी पेन्गुइनले बाबु र आमा पोखरीमा गएको मौका पारेर बच्चा पेन्गुइनको अपहरण गरेको थियो । पेन्गुइनको नियमित रुपमा स्याहार गर्ने स्यान्डीका अनुसार आमा पेन्गुइन लामो समय पानीमा बसेपछि भाले पेन्गुइन पनि बच्चालाई छोडेर पानीमा गएको थियो । 

बाबु–आमा दुवै पानीमा भएको मौका पारेर समलिंगी पेन्गुइनले बच्चा अपहरण गरेर आफैंसँग लगेको थियो । बाबु पेन्गुइनले आफ्नो बच्चा नदेखेपछि उसको खोजी गर्न थाल्यो । त्यस क्रममा उसले आफ्ेनो सन्तान समलिंगी पेन्गुइनले राखेको देखेपछि झगडासमेत गरेका थियो, तर दुई समलिंगी भाले पेन्गुइनले बाबु पेन्गुइनलाई तर्साएर पठाएका थिए । पछि आमा पेन्गुइनले आफ्नो बच्चालाई समलिंगी पेन्गुइनहरूबाट खोसेर ल्याएकी थिइन् ।

प्रकाशित :कार्तिक १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्