सुनिता र प्रकाशको तिहार गीत

- साप्ताहिक संवाददाता

कार्तिक १२, २०७५

गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतको तिहार गीत सार्वजनिक भएको छ । तिहारको पूर्वसन्ध्यामा गायिका दुलाल र गायक सपुत तिहार गीत लिएर आफ्नो स्रोता तथा दर्शकमाझ आएका हुन् ।

‘उज्यालो तिहार...’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत प्रकाश सपुतको रहेको छ । गायनमा दुलाल र सपुतलाई, डिबी गुरुङ, अर्जुन सुनम र टिका पुनले साथ दिएका छन् । 

गीतको भिडियोमा गायक गायिका आँफै फिर्चड छन् भने साथमा लक्ष्मी गिरी, शुरवीर पण्डित, सुवर्ण दुलाल थापा, राजेश कार्कीलगायतका कलाकार देखिएका छन् । 

कोरियोग्राफी पुष्कर विवेक थापाले गरेको भिडियो मधुर बस्नेतले खिचेका हुन् । प्रवीन भट्टले सम्पादन गरेको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका हुन् । 

 

देउसी भैलो गीतको म्यूजिक भिडियो  :

प्रकाशित :कार्तिक १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्