सामाजिक सञ्जाल नभएको भए के हुन्थ्यो ?

- साप्ताहिक संवाददाता

कार्तिक १२, २०७५

जीवन सार्‍है रमाइलो हुन्थ्यो । साथीभाइहरूसँग अलि बढी समय बित्थ्यो । चस्माको व्यापार भने अलि कम हुन्थ्यो । सबैको सुत्ने–उठ्ने ठेगान हुन्थ्यो । डिभोर्स, लभ र ब्रेकअप धेरै कम हुन्थे, अनि न साप्ताहिकबाट यस्तो प्रश्न आउँथ्यो न मेरो यस्तो उत्तर हुन्थ्यो ।

नरेश बास्कोटा

सन्जाल नभएको भए यति हत्या–हिंसा हँुदैनथ्यो । यातायात नभएको भए ढाकर बोकिन्थ्यो । नोट र एकको ढ्याक रुमालमा पोको पारेर मासु किनिन्थ्यो । यदि चामल नभएको भए भात खानबाट बन्चित भइन्थ्यो ।

दिलदुखी विनोद

साप्ताहिकको व्यापार फस्टाउँथ्यो ।

सन्तोष बानियाँ

हरेक केटाकेटीको विवाह उनीहरूका बाबु–आमाको चाहनाअनुसार हुन्थ्यो ।

लेखनाथ सापकोटा

सञ्जाल नभएको भए जाल हुन्थ्यो ।

सनम बुढाथोकी

साप्ताहिक बढी बिक्ने थियो कि ?

बिक्रम लावती

मानिसहरू भाइरल हुँदैनथे ।

पाख्रिन केटो म 

सामुदायिक सन्जाल हुन्थ्यो ।

अनमोल किरण

म त मोबाइलमा मज्जाले गेम भिडियो हेरेर बस्थें ।

युरिकराज नेपाली

एकदमै राम्रो हुन्थ्यो ।

सन्दिप

टाइम पास हुँदैनथ्यो भने देशमा केही विकास हुन्थ्यो ।

लोकेन्द्र

केटाकेटीहरू मल्टी ट्यालेन्टेड हुँदैनथे ।

सन्तोष रानाम मगर

म यतिबेला अघि नै निन्द्रा देवीको शरणमा पुगिसकेको हुने थिएँ ।

प्रितम अधिकारी

दुनियाँको नौटंकी हेर्नु पर्दैनथ्यो ।

इन्दिरा

साप्ताहिक अझ बढी बिक्री हुन्थ्यो ।

दीपेन्द्र थापामगर

राम्रो हुन्थ्यो ।

आरबी कुइँकेल

माछा मार्ने जाल त पक्कै हुन्थ्यो ।

टेक प्रिन्स

एक–अर्कामा माया, प्रेम, सद्भाव तथा सम्मान रहन्थ्यो ।

मनिता लिङ्देन

हरेक प्रेम सम्बन्धहरू सुमधुर र सुरक्षित रहन्थे ।

उमेश जप्रेल

खोइ, असामाजिक सञ्जाल हुन्थ्यो कि ?

तेज आचार्य

यो पृथ्वी नै नभएको भए ? त्यसमै रमाउँथ्यौं होला । त्यस्तै सामाजिक सञ्जाल नभएको भए अर्कै रमाइलो हुन्थ्यो ।

द रेड् आईपी म्यान

आफन्तकहाँ आउजाउ हुन्थ्यो, भेटघाट हुन्थ्यो ।

पूजा ढुंगेल

साप्ताहिकको फेसबुक, ट्विटरमा यो पोस्ट हेर्न पाइँदैनथ्यो । 

बिपिन आचार्य

विश्वव्यापी रूपमा आफ्ना भावना, अनुभूतिहरू आदानप्रदान गर्न सकिँदैनथ्यो । 

रमेश गिरी

सबै जना स्वतन्त्र हुन्थे ।

वर्षा थापा

केटाकेटीहरूको लभ पर्दैनथ्यो ।

डिलेन गुरुङ

यो पोस्ट पढ्न र जवाफ दिन पाइँदैनथ्यो । 

एलेक्स दया

दामी हुन्थ्यो । 

प्रशान्त थेबे लिम्बू

तपाईंहरूको पत्रमित्रताको स्तम्भ अझै कायम रहन्थ्यो ।

उमेश सिग्देल

मानिसहरू बिग्रने थिएनन् ।

सीधा कुरा

मज्जाले चिठी लेखिन्थ्यो, हुलाकीको काम बढ्थ्यो ।

प्रकाश ढङाना

बिदेसिएका पुरुषहरूको पसिना खेर जाने थिएन र घर आउँदा श्रीमतीको मुस्कान देख्न पाइन्थ्यो ।

लुमिनस

सुन्दर जीवनको परिकल्पना गर्दै हाँसीखुसी बाँचिरहेकी चेली बलात्कृत भएर यो संसार छोडेको, तीन महिना बितिसक्दा पनि उनको हत्यारालाई कानुनी कारबाही गर्न पुलिस, प्रशासन, सिंगो राज्य चुकेको, चाडपर्वमा उनका मातापिता मानसिक यातनामा बाँचेको जस्ता कुराको साक्षी हुनु पर्दैनथ्यो ।

अशोक तिवारी

पोस्टकार्ड लोप हुँदैनथ्यो ।

जिजुबुबा

के हुनु सबै कुरा सरकारले चाहेजस्तो हुन्थ्यो, सोझासीधा जनता घुन पिसिए सरह पिसिन्थे अनि टाठाबाठा तथा फटाहाहरूको राज चल्थ्यो ।

दीपक अधिकारी

उत्तर कोरियातिर बसेझैं हुन्थ्यो ।

किरन बराल

सामाजिक सञ्जाल नभएको भए सामाजिक सन्जाल नै हुँदैनथ्यो ।

टाइटन सुमन

आजको जुन अवस्था छ, त्यो पक्कै सम्भव हुने थिएन । हामी अहिले कस्तो अवस्था छौं, त्यो भने आफै बुझ्नु होला ।

रन्जित घिमिरे

प्रकाशित :कार्तिक १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्