पोखरा ग्राण्डमा अक्टुवर फेस्ट

- साप्ताहिक संवाददाता

कार्तिक १०, २०७५

आज कात्तिक १० गते शनिबार पोखरा, विरौटास्थित होटल पोखरा ग्राण्डमा अक्टुवर फेस्टको आयोजना हुँदैछ । संगीतको तालमा वियरको चुस्की लिँदै रमाउन पाइने यो फेस्टिभल पोखरामा पहिलोपटक आयोजना गर्न लागिको हो । पोखराको अक्टुवर फेस्टमा गायिका मिलन अमात्यले दर्शक–श्रोताहरूलाई मनोरञ्जन प्रदान गर्ने छिन् । यसैगरी महसुस व्याण्ड, किस्टल क्लास डान्स क्रिउ तथा डिजे प्रविनको डिजेइङले समेत वातावरण तताउनेछन् । 

होटल पोखरा ग्राण्डको आयोजना तथा एसटी क्रियसनको इभेन्ट म्यानेजमेन्टमा सञ्चालन हुने यो फेस्टको टिकट काटिसकेपछि निर्धक्कका साथ चाहेजति वियर पिउनुका साथै स्न्याक्स तथा लञ्च खान पाइनेछ । कार्यक्रमको आर्कषणका रूपमा विभिन्न रमाइला खेल समेत खेलाइनेछ । 

अक्टुवर फेस्ट वियर फेस्टिभल जर्मनिको म्युनिख सहरमा प्रत्यक वर्ष हुने विश्व प्रसिद्ध समारोह हो । जुन लगातार १६ दिनसम्म चल्छ । सन् १८१० देखि मनाउन थालिएको यो फेस्टिभल पछिल्लो समयमा विश्वका विभिन्न शहरमा समेत मनाउन थालिएको छ ।

स्थान : स्तुपा गार्डेन, होटल पोखरा ग्राण्ड, विरौटा पोखरा

प्रवेश शुल्क : ३ हजार ९ सय ९९ रुपैयाँ

समय : मध्यान्न १२ बजेदेखि साँझ ५ बजेसम्म

अक्टोबर बियर फेस्टिभल

आकर्षण : वियर टेस्टिङ । ५० भन्दा बढी भेराइटीका वियरको स्वाद चाख्ने अवसर साथमा 

लाइभ कन्सर्टसहित बार्बिक्यू तथा खेलको मज्जा ।

कलाकार : सांगीतिक समूह ज्वाइन्ट फेमिली इन्टरनेसनल, हेनरी रोलिन्स एण्ड कल्टिभेसन तथा काठमाडौं किलर्सको लाइभ कन्सर्टसहित डिजे बिकेनट, डिप्सोमन, इन्हेन्सिफाइ, रान्जेन तथा जिरोको प्रस्तुति । 

स्थान : टंगालउड, टंगाल । 

मिति : कात्तिक १० गते शनिबार । 

समय : दिउँसो १ बजे ।

 

प्रकाशित :कार्तिक १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्