मानिसजस्तै रुने रोबोट

- साप्ताहिक संवाददाता

कार्तिक १०, २०७५

रूसमा मेडिकल छात्रहरूको अभ्यासका लागि विशेष प्रकारको रोबोट निर्माण गरिएको छ । उक्त रोबोटले मानिस जस्तै सुई लगाउँदा रुने तथा चिसो लाग्दा खोक्ने अनि हाँच्छ्यु गर्ने काम गर्छ । एनसिम रेयान नामक उक्त रोबोट निर्माणका लागि इदोस मेडिसिनले कजान शहरमा कारखाना नै स्थापना गरेको छ । 

एनसिम रेयान ६ फिट अग्लो तथा ७० किलोग्रामको हुनेछ भने हेर्दा ४० देखि ५० वर्षको व्यक्तिजस्तो देखिनेछ । यसमा मानिसको शरीरमा हुने नशासँग मेल खाने गरी विशाल नेटवर्क निर्माण गरिनेछ, जसका कारण चोट लाग्दा वा कुनै चिजले घोच्दा कृत्रिम रगत निस्कने छ । 

त्यसैगरी यसमा कृत्रिम मूत्र प्रणाली पनि हुनेछ, जसका कारण पिसाब जाँच गर्न सकिनेछ । यसबाट चिकित्साशास्त्रका छात्र–छात्राहरूलाई शरीरको सामान्य अवस्थादेखि जटिल शल्यक्रियाको अध्ययन गर्न सहज हुने बताइएको छ ।  

प्रकाशित :कार्तिक १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्