छैटौं संस्करणको नेपाल गोल्डेन आइडल

- राजाराम पौडेल

कार्तिक ७, २०७५

गायन तथा नृत्य प्रतिभा खोजी गर्ने नेपाल गोल्डेन आइडलको छैटौं संस्करणको अडिसन कात्तिकको अन्तिम साता काठमाडौंबाट प्रारम्भ गरिँदैछ ।

यो प्रतियोगिताको अडिसन नेपालका विभिन्न ३२ जिल्लामा हुनेछ भने अन्तिम अडिसन पुस २१ गते पोखरामा हुनेछ । यसरी भएको अडिसनमा सहभागीमध्ये हरेक जिल्लाबाट गायनतर्फ पाँच तथा नृत्यतर्फ पाँच गरी कुल ३ सय २० जना छानिनेछन् ।

अडिसनमार्फत छानिएका प्रतिभाहरू विभिन्न १२ राउन्डमार्फत नृत्यतर्फ ५ तथा गायनतर्फ ५ गरी १० जनाले फाइनल प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी चैत ३० गते शनिबार पोखरा सभागृहमा हुने आयोजक गोल्डेन स्टार मल्टिमिडियाका अध्यक्ष सरन गुरुङले बताए ।

 

प्रकाशित :कार्तिक ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्