पुष्प र आंचलको पिरतीको रंग

- साप्ताहिक संवाददाता

कार्तिक ५, २०७५

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ । शंकर थापाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर रहेको छ ।  

पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई यो गीतबाट निकै आशावादी रहेको बताउँछन् । 

मखमली चोलीको सफलता पछि त्यहीं टीमबाट यस म्युजिक भिडियो तयार भएको छ ।

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र आंचल शर्माको अभिनय रहेको छ । पुष्प र आंचललेसँगै काम गरेको यो पहिलो म्यूजिक भिडियो हो । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर उदयराज पौडेलले गरेका हुन् ।

हेर्नुहोस् भिडियो

 

प्रकाशित :कार्तिक ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्