उत्तमले ल्याए नाच्ने गीत

- साप्ताहिक संवाददाता

कार्तिक ४, २०७५

 

दशैंको अवसर पारेर बिभिन्न गायक–गायिकाहरुमा सांगीतिक खुराक पस्कने होडबाजी चलेको छ । खासगरी दशैंको रमाइलो माहौलमा नाच्न, गाउनका लागि कलाकारहरुले प्रतिस्पर्धात्मक रुपमा गीत सार्वजनिक गरिरहेका छन् । यही सिलसिलामा जोडिएको छ गीत, मिठो मिठो । 

मिठो–मसिनो खाने पर्वको रुपमा रहेको दशैंलाई मध्यनजर गरेर उत्तम थापा मगर युडीले रोमान्टिक शैलीको डान्सिङ नम्बरको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 

गीतमा उत्तमको मात्र आवाज छैन । यसमा राजनराज सिवाकोटी र मेलिना राईले पनि स्वर मिसाएका छन्, जो अहिलेका चल्तापूर्जा गायक/गायिका मानिन्छ । त्यसो त यसका संगीतकार पनि राजनराज नै हुन् । गीत डा. राजबाबु श्रेष्ठले लेखेका हुन् । 

यो गीतको भिडियो बनाएका छन्, निकेश खड्काले । निकेश व्यस्त म्युजिक भिडियो निर्देशक हुन्, जसले ‘फाटेको जुत्ता’ पनि निर्देशन गरेका थिए । यसलाई सम्पादन गरेका हुन्, प्रविन श्रेष्ठले । उनीपनि ‘मोक्ष’ फिल्मका निर्देशक हुन् । 

गीतमा आकाश श्रेष्ठ र कविता नेपालीले नृत्य गरेका छन् । आकाश यतिबेला चलचित्रको अभिनेताको रुपमा छाइरहेका छन् । गीतको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।

म्युजिक भिडियो 

 

 

प्रकाशित :कार्तिक ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्