रातो अक्षताको टीका

- प्रा.डा. वीणा पौड्याल, संस्कृतिविद्

आश्विन ३१, २०७५

 

 चामलको सग्लो गेडालाई अक्षता भनिन्छ । संस्कृत शब्द अक्षतको अर्थ हो— नटुटेको, टुक्रा नभएको । देव तथा पितृ कार्यमा चढाउन प्रसादस्वरूप लगाउन सेतो, रातो तथा पहेंलो अक्षता प्रयोग गरिन्छ । 

 

 अक्षता, दही र अबिर मुछेर तयार पारिएको टीका देवीलाई चढाएर लगाउने चलन नेपालमा छ । 

 

 असत्यमाथि सत्यको विजयको उल्लास हो— दसैं पर्व । देवीलाई चढाइएको बलिको रातो रगतको प्रतिक पनि हो, रातो टीका ।

 

 विजयादशमीका दिन ठूला मानिसको हातबाट रातो अक्षता लगाउने चलन छ । 

 

 विजयादशमीको दिन सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । दसैंको टीकामा मुछिएको रातो रंगसँगै सबैको मनमा सुख शान्तिको कामना सहित दहीमा मुछेर बनाइएको टीका जस्तै सम्बन्ध सधैं कायम रहोस् भनेर आर्शिवाद दिइन्छ । 

 

रातो रंग प्रसन्नता, स्फूर्ति, उल्लास, विजय, सौभाग्य तथा रौद्र स्वरूपको प्रतीक हो । यसैगरी रातो रंगलाई पराक्रमका रूपमा पनि लिइन्छ । रातो रङले अनुकूलता, सफलता तथा संघर्षसँग पनि जुध्न सिकाउँछ ।

प्रकाशित :आश्विन ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्