गीत

- वसन्त खत्री

आश्विन ३१, २०७५

कहिले जीवन ओरालीमा

कहिले भने उकालीमा

यात्रा गर्दा–गर्दै कहिले

भन्ज्याङ–देउरालीमा

थाहा हुन्न कुन बेला

खै कहाँ कहाँ पुगिन्छ

कता हिँडिन्छ थाहा हुन्न

खै कहाँ बास बसिन्छ

भन्न सकिन्न जिन्दगीमा

अकस्मात घट्ना घट्दो रै’छ

कसैको व्यथा सुनिन्छ त 

कसैलाई वह पोखिन्छ

सोच्न सकिन्न जिन्दगीमा 

नसोचेको भैदिँदो रै’छ

लक्ष्यतर्फ अघि बढ्ने

बाटोमा पहिरो गैदिँदो रै’छ

कति कुरा चाहँदा नि, 

कष्ट, अप्ठेरोमा परिन्छ

इच्छा अनेक मात्र

मनले खोज्दो रै’छ

प्रकाशित :आश्विन ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्