अरु भन्दा अलग देखिन

- महेश तिमल्सिना

आश्विन ३१, २०७५

 

राजेश धाख्वा, फेसन डिजाइनर 

 जो कोही अरूभन्दा फरक देखिन चाहन्छन् । उनीहरूले आफ्नो पहिरनको कलरमा ध्यान पुर्‍याउनुपर्छ । जस्तो गहुँगोरो वर्णका मानिसले मौसमअनुसार पहिरन लगाउँदा गर्मीयाममा हल्का रङका पहिरन लगाउनुपर्छ भने जाडो मौसममा गाढा रङका पहिरन छनौट गर्नु उपयुक्त हुन्छ । यस्तै कालो वर्णका मानिसलाई प्राकृतिक कलर सुहाउँछ । प्राकृतिक कलरमा बेज स्किन, म्युज कलर, लाइन ब्राउन, डार्क ब्राउन ग्रे कलरहरू पर्छन् ।

 

 मानिसले आफ्नो फेसन स्टेटमेन्ट क्रिएट गर्दा शरीरको बनावटको पनि ख्याल गर्नुपर्छ । जस्तै मोटो शरीर भएकाहरूलाई खुकुला पहिरन राम्रो देखिँदैन । मोटो शरीर भएका महिला–पुरुषले कालो रङको पहिरन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पातलो शरीर भएकाहरूले ठूलो प्रिन्ट भएका पहिरनबाट जोगिनुपर्छ ।

 

 यस्तै कम उचाइ भएका महिला–पुरुषलाई सीधा धर्के पहिरन बढी सुहाउँछ । 

 चाडबाडमा फेस्टिभ कलरको (रातो, रानी पिंक, सिन्दुरे, अरेन्ज आदि) पहिरन लगाउँदा फरक देखिन सकिन्छ । 

 

 लेहेंगा धेरै खुला हुुनु हुँदैन । लेहेंगा लगाउँदा ठूलो पेट भएका महिलाहरूले सलले पेट र नाइटो छोप्नु उपयुक्त हुन्छ । 

 लेहेंगामा वेज हिल सुज आरामदायक हुनुका साथै राम्रो पनि देखिन्छ । 

 

उत्तम बनेपाली, फेसन डिजाइनर

 पहिलो कुरा त आफू कुन ठाउँमा जाँदै छु, के गर्दै छु भन्ने कुरा विचार गरेर पहिरन लगाउनुपर्छ । 

 

 यतिबेला क्याजुअलमा युवाहरूका लागि जकर्स पाइन्ट ट्रेण्डमा छ । यसमा लङमा लुज खालको टिसर्ट आकर्षक देखिन्छ । जकर्स पाइन्टमा हाफ कटवाला जुत्ता लगाउँदा सुनमा सुगन्ध हुन्छ भने यसमा चस्मा, घडी, मालाजस्ता एसेसरिज अझ बढी खुल्छन् । 

 

 किशोरीहरूले क्याजुअल पहिरन लगाउँदा वन पिसमा कन्फर्टेवल म्याचिङ सुज राम्रो देखिन्छ । यसमा चुरा तथा एयररिङ पनि उत्तिकै खुल्छ । 

 

 पार्टीमा सहभागी हुँदा आफूले लगाएको पहिरनको फर्मल रङअनुसार एसेसरिज प्रयोग गरियो भने भने अरूभन्दा फरक देखिन सकिन्छ । 

 

 यतिबेला टिनएजरहरूले कलरफुल पहिरन लगाउने ट्रेन्ड छ । त्यसमा पनि प्याटर्न डिजाइनको कोट आकर्षक देखिन्छ । प्याटर्न कोटमा पाइन्ट तथा टिसर्टचाहिँ प्लेन डिजाइनको भयो भने लुक्समा फरकपन आउँछ ।

 

मनिता थापा, फेसन डिजाइनर

 प्लेन कुर्ता–सलवारमा प्रिन्टेड सल आकर्षक देखिन्छ । यसमा ठूलो एयररिङ 

लगाउँदा अझ खुल्छ । 

 तपाईं स्लिम हुनुहुन्छ भने लेहेंगाको ब्लाउजमा सर्ट कलर गर्‍यो भने अरूभन्दा फरक देखिन्छ । 

 

 जिन्स पाइन्ट लगाउँदै हुनुहुन्छ भने त्यसको माथि वेस्टेन टप्स लगाएर सललाई कम्मरमा साडीको जसरी ड्रयापिङ गर्‍यो भने आकर्षक देखिन्छ । 

 जिन्स पाइन्टमा नाइटोसम्म चिरिएको कुर्ती लगाउन सकिन्छ । यो अहिले फेसन ट्रेन्डमा छ । यसका साथै कुर्तिको गला केही खुला राखियो भने पनि फरक देखिन्छ । 

 

 थाईको भागसम्म एकतर्फ चिरिएको वानपिस ग्ल्यामरस हुन्छ । अर्को कुरा वन पिस आफ्नो शरीरमा फिटिङ हुनुका साथै पछाडिको भाग अलि बढी खुला हुनु उपयुक्त मानिन्छ । 

 यदि सिम्पल वन पिस लगाउने हो भने घाँटीमा ठूला गहना लगाउन सकिन्छ । यसका साथै कम्मरमा बेल्टसमेत प्रयोग गर्न सकिन्छ । 

 

प्रकाशित :आश्विन ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्