अलग देखिन के गर्ने ?

- महेश तिमल्सिना

आश्विन ३१, २०७५

 

 

सुजित तन्डुकारपहिरन व्यवसायी 

 अहिलेको परिवेशमा युवाहरूलाई क्याजुअल पहिरन नै सुहाउँछ । यसमा जिन्सको कटन पाइन्ट तथा सर्ट उपयुक्त मानिन्छ । अहिले जिन्समा लोफर्स सुज प्रयोग गर्ने चलन छ । 

 हिजोआजका युवायुवतीहरूले आरामदायक पहिरन खोजिरहेका हुन्छन् । यसका लागि जगर्समा टिसर्ट लगाउन सकिन्छ । 

 क्याजुअल पहिरनमा चस्माको प्रयोग आकर्षक देखिन्छ । 

 

 ग्रन्च पाइन्टमाथि टिसर्ट लगाउन सकिन्छ । त्यसमाथि बम्पर ज्याकेट लगाउँदा सुनमा सुगन्ध हुन्छ । 

 अहिले धेरैजसो युवायुवती मोटरसाइकल–स्कुटर आदि चलाउँछन् । उनीहरूले बाइकर ज्याकेट प्रयोग गर्न सक्छन्, जसले अलग स्टायल क्रिएट गर्छ ।

 

विश्व गौतम, फेसन डिजाइनर

 सबैभन्दा पहिले त आफ्नो शरीरलाई फिट हुने पहिरन लगाउनुपर्छ । यसका साथै रङ संयोजनमा समेत त्यत्तिकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । यो समयमा युवाहरूले ब्ल्याक पाइन्टमा ह्वाइट सर्ट लगाउँदा आकर्षक देखिन्छ । 

 

 नेपालमा अहिले महिलाहरूले हिल जुत्ता लगाउने चलन छ, तर हिलभन्दा स्निकर सुज अलि फरक देखिन्छ । स्निकर ड्रेस, ट्राउजर, पेन्ट आदि क्याजुअल वेयरमा लगाउन सकिन्छ । यसले महिलाहरूलाई फेसनेबल देखाउँछ ।

 

 पहिरनमा मौसमले पनि प्रशस्त फरक पार्छ । मौसमअनुसार कपडा तथा रङ फरक–फरक हुन्छ । युवाहरूले गर्मी महिनामा क्याजुअल वेयरमा शरीरको साइजअनुसार फिटिङ पहिरन लगाउँदा सफाका साथै चिटिक्क देखिन्छ । 

 

 युवाहरूले धेरैजसो तल जिन्स पाइन्ट मात्र लगाएको पाइन्छ । यद्यपि अफिसियली कामबाहेक अरु ठाउँ जाँदा ट्राउजर तथा टिसर्टमा स्निकर जुत्ता धेरै राम्रो देखिन्छ । यसका साथ विन्ड स्विटर लगाउँदा पनि हुन्छ । 

 

 कसैले फेसनमा कत्तिको चासो राख्छ भन्ने कुरा उसको पर्सबाट पनि थाहा हुने हँुदा म ब्रान्डेड पर्स नै बोक्ने सल्लाह दिन्छु । 

 क्याजुअल वेयरमा कालो रङको चस्मा तथा घडी लगाउँदा अलि फरक देखिन सकिन्छ । 

 नेपालमा धेरैजसोले आफ्नो शरीरभन्दा कसिलो वा खुकुलो पहिरन लगाएर गल्ती गर्छन्, यदि फेसनेबल देखिने हो भने आफ्नो शरीरको बनावटअनुरूपको पहिरन लगाउनु उपयुक्त हुन्छ ।

प्रकाशित :आश्विन ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्