एकल साँझमा गुञ्जिए अर्जुन

- साप्ताहिक संवाददाता

आश्विन २८, २०७५

शनिबार राजधानीमा अहिलेका चर्चित संगीतकार अर्जुन पोख्रेल एकलरुपमा प्रस्तुत भए । गायनहुँदै संगीत साधनामा लागेका पोख्रेल पहिलो पटक काठमाडौंको राष्ट्रिय नाचघर जमलमा आफ्ना सिर्जना सहित एकल रुपमा प्रस्तुत भएका हुन् । बिन्धवासिनी फाउन्डेशनले आयोजना गरेको ‘बिन्धवासिनी संगीत साँझ’मा गायक तथा संगीतकार पोख्रेललाई अहिलेका चर्चित गायक गायिकाहरुले साथ दिएका थिए ।

नेपाली गीत/संगीतका क्षेत्रमा करिब २ दशक लामो समय विताएका पोख्रेल अहिलेका चर्चित संगीतकार मध्येमा पर्छन् । गीत लेख्न र संगीत संयोजनमा समेत उत्तिकै पोख्त उनले गायनबाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका हुन् । शास्त्रीय र पाश्चात्य संगीत समेत अध्ययन गरेका पोख्रेललाई एकल साँझमा  गायिका अञ्जु पन्त,  गायक सुगम पोखरेल, मञ्जु पौडेल,  सुरेश लामा, सान्तोष लामा, स्वेच्छा ठकुरी, दुर्गा खरेल, निशान भट्टराईलगायतका गायक गायिकाले गायनमा साथ दिएका थिए । 

उनले गायका ‘मेरो सुखले दिन ढल्दैन’, ‘किन आजकाल तिम्रो मन मैलो भो’, ‘तिमी नि आधा’ लगायतका गीत चर्चामा छन् । चलचित्र तथा आधुनिक गरी संगीत गरेका कयौं गीत चर्चित तथा लोकप्रिय छन् । 

कार्यक्रममा उनले संगीत गरेका तथा गायका गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा ‘तिमी रोएको पल’, ‘म यस्तो गीत गाँउछु’, ‘भन्छु आज’ ‘सुन्छु तिमिले मलाई भुल्नै आटेकी छौ रे’ ‘तिमी लाइटर म भए चुरोट’ ‘मलाई हैरान बनायो यो कोले काले केटाले’ ‘छुट्छकी साथ’ लगायतका १० गीत प्रस्तुत गरिएको थियो । 

सोही कार्यक्रममा बिन्ध्यवासिनी म्यूजिक अवार्डको यो वर्षको संस्करणमा उत्कृष्ठ ५ मा पर्न सफल कलाकारको नाम सार्वजनिक गरिएको थियो । अग्रज गायीका ज्ञानु राणालाई ‘बिन्ध्यवासिनी संङ्गीत साधना सम्मान’द्वारा सम्मान गरियो । यसैगरी ७ प्रदेशका ७ पत्रकारलाई ‘बिन्ध्यवासिनी गीत संङ्गीत पत्रकारीता पुरस्कार’ प्रदान गरिएको थियो भने अल्जाईमर रोगले पिडीत गायक  बुद्धि कृष्ण लामीछानेलाई आर्थिक सहयोग गरियो समेत हस्तान्तरण गरिएको थियो । 

प्रकाशित :आश्विन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्