स्याङ्जाको दसैं नै रमाइलो

- कृष्ण भट्टराई

आश्विन २८, २०७५

                                                                       खगेन्द्र लामिछाने अभिनेता/लेखक

दसैंको कत्तिको लागेको छ ? 

मौसम र सहर–बजारको चहलपहलले दसैं नजिकिएको जनाइसकेको छ तर मलाई भने सामान्य रूपमा लागिरहेको छ । 

दसैंको तयारीचाहिं कस्तो छ ? 

फूलापातीको दिन मेरो नयाँ चलचित्र ‘जय भोले’ प्रदर्शनमा आउँदैछ । त्यसको प्रचार–प्रसारमै दसैंका अधिकांश दिन बित्ने निश्चित छ । त्यसैले खासै तयारी गर्न भ्याएको छैन । 

दसैं मनाउन कहाँ जानु हुन्छ ? 

अष्टमीको दिन स्याङ्गजा जाने कार्यक्रम छ । वर्षभरि जहाँ रहे पनि दसैंमा चाहिं म स्याङ्जा नै पुग्छु । स्याङ्जाको दसैंको रौनक नै बेग्लै लाग्छ मलाई । 

ससुराली पनि जाने होला नि ? 

घरपछि टीका लगाउने भनेकै ससुरालीमा त हो नि । 

 पहिले र अहिलेको दसैंमा के फरक पाउनुहुन्छ ? 

दसैं त केटा–केटी छँदै रमाइलो नि । सबै कुरा बुवा–आमाले नै जुटाइदिनुहुन्थ्यो । विद्यालयमा लामो बिदा हुँदा त्यसै रमाइलो हुन्थ्यो । 

दसैंको खानपिनमा कत्तिको जम्नुहुन्छ ? 

मलाई खानपिनमा खासै सौख छैन । दसैंमा रक्सी र मासु धेरै खाने चलन छ । म यी दुवै कुराबाट आफूलाई सकेसम्म टाढा राख्न रुचाउँछु । 

यसपछि के गर्दै हुनुहुन्छ ? 

तत्काल नयाँ चलचित्रमा देखिनेछैन । कुनै राम्रो चलचित्रबाट प्रस्ताव आयो भने काम गर्न सकिन्छ, यद्यपि दसैंपछि म अर्को एउटा काममा तल्लीन हुनेछु । 

 

कस्तो काम ? 

म एउटा नयाँ पुस्तक लेख्दैछु । नयाँ वर्ष २०७६ को पहिलो दिन पाठकको हातमा पुर्‍याउने लक्ष्य छ । 

कस्तो विषयमा पुस्तक लेख्न थाल्नु भएको हो ? 

विधा त उपन्यास नै हो, यद्यपि यो अहिले बजारमा आइरहेका उपन्यासभन्दा नितान्त फरक हुनेछ । 

 

प्रकाशित :आश्विन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्