भुटन भनेपछि हुरुक्क

- रामजी ज्ञवाली

आश्विन २८, २०७५

                                                                                     वर्षा राउत, अभिनेत्री

भुटन : खसीको भुटन मलाई एकदमै मन पर्ने परिकार हो । मलाई घरमै तयार पारिएको भुटन असाध्यै मन पर्छ । किनभने घरमा बनाइएको भुटनको छुट्टै स्वाद हुन्छ तर मैले यो परिकार बनाउन भने जानेकी छैन । 

फोक्सो फ्राई : फोक्सो फ्राई मेरो फेबरेट टप ५ मासुका परिकारमध्ये एक हो । लोकल खसीको फोक्सो कहीँ पाएको खण्डमा घरमा ल्याइहाल्छु, घरका अरू सदस्यले देख्नुभयो भने पनि ल्याउन भन्छु ।

रक्ति : खसीको रगतबाट तयार पारिने रक्ति खानुको छुट्टै मज्जा छ । यो जहाँ पायो त्यहाँ पाइँदैन तर पाएको खण्डमा खाइहाल्छु ।

सेकुवा : सेकुवा धेरैलाई मन पर्ने परिकार हो । मलाई पनि सेकुवा एकदमै मन पर्छ । खसी होस् वा कुखुराको, सेकुवा, घरबाट बाहिर निस्किएपछि कहीँ देखेँ भने एकछिन फुर्सद मिलाएर खाइहाल्छु । यो घरमा बनाउन अलिकति असहज छ,सेकुवा खान मन लागे बाहिर जाने गरेकी छु ।

छोयला : मलाई हाँसको छोयला एकदम मन पर्छ । कुनै होटलको मेन्युमा देखें भने ल्याउनुस् भनिहाल्छु । खासगरी सिन्धुलितिरको हाँसको छोयलामा छुट्टै स्वाद पाइन्छ ।

 

प्रकाशित :आश्विन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्