नयाँ स्वादमा साइँली र माइली पोइला गएछन्

- साप्ताहिक संवाददाता

आश्विन २७, २०७५

‘साइँली र माइली पोइला गएछन्, गाउँघर नै सुन्ने पारे र...’ कुनै बेलाको यो अत्यन्त लोकप्रिय आज पनि उत्तिकै सान्दर्भिक छ । मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए । अहिले यो गीतको नयाँ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ । 

गायक गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसंग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुन: गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन् ।

निर्देशक शान थापाले म्युजिक भिडियोलाई अत्यन्त रोचक बनाउने प्रयास गरेका छन् । लोकप्रिय अभिनेता सन्दिप क्षेत्रीलाई मुख्य पात्रको रुपमा प्रस्तुती गरिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकालले साइँली र माइलीको भूमिका निर्वाह गरेका छन् ।

हास्यरस समेत मिश्रण गरिएको भिडियोमा आफ्नी साइँली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमान्को कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ । अभिनेता क्षेत्रीले पोइला गएका दुई श्रीमतीको श्रीमान्को गम्भिर भूमिकालाई रोमाञ्चक ढंगले निर्वाह गरेका छन् । भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।

अर्जुन तिवारी तथा बुद्ध थापाको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई सुप्रिय पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रोन सञ्चालन गरेका छन् ।

 

साँइली र माइलीको म्युजिक भिडियो :

 

प्रकाशित :आश्विन २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्