खदामामा अरबको कहर

- साप्ताहिक संवाददाता

आश्विन २६, २०७५

परिवर्तन थिएटर झापाले ‘खदामा’ शीर्षकको नाटकको प्रदर्शन प्रारम्भ गरेको छ । यो नाटक असोज २८ गतेसम्म चल्नेछ । वैदेशिक रोजगारीमा कुवेत पुगेकी एउटी सोझी गरिब महिलाको कथामा आधारित यो नाटकमा वैदेशिक रोजगारीका क्रममा नेपाली महिलाहरूले भोग्ने यथार्थलाई समेटिएको छ । करिब एक घन्टा लामो नाटकमा वैदेशिक रोजगारीले समाजमा निम्त्याएका विभिन्न विसंगतिको समेत चित्रण गरिएको छ ।

पत्रकार पर्वत पोर्तेलले लेखेको यो नाटकलाई युवा रंगकर्मी गणेश बस्नेतले निर्देशन गरेका हुन् । नाटकमा निर्देशक वस्नेतसहित अनुजा अधिकारी, कविता नेपाल, लीला विष्ट, दिनेश राजवंशी, पूजा आचार्य, लोमश पौडेल, विमला चिमरिया, दिवेश लामिछाने, अभिशेष गड्तौला तथा प्रतीक्षा आचार्यले अभिनय गरिरहेका छन् । 

सेम टाइम नेक्स्ट इयर 

टेकुस्थित कौसी थिएटरमा सेम टाइम नेक्स्ट इयर नाटक मञ्चन हुने भएको छ । अमेरिकी लेखक बर्नार्ड स्लेडको लेखन तथा चे शंकर रिजालको निर्देशनको उक्त नाटक कात्तिक ३० गतेदेखि मञ्चन गरिनेछ । अंग्रेजी भाषामै प्रस्तुत गरिने उक्त नाटकमा कलाकार आकांक्षा कार्की तथा दिव्यदेव पन्तले अभिनय गर्दैछन् । 

 

प्रकाशित :आश्विन २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्