फ्राइडे प्रर्शनमा

- साप्ताहिक संवाददाता

आश्विन २६, २०७५

यसअघि असारमा प्रदर्शनमा आउने भनिएको चलचित्र फ्राइडे सरेर आज शुक्रबार प्रदर्शन हुँदैछ । बलिउडका स्थापित अभिनेता गोविन्दा लामो समयपछि चलचित्रमा देखा पर्दैछन् । कुनै बेला सबैभन्दा धेरै हिट चलचित्र दिने अभिनेतामा गोविन्दाकै नाम आउँथ्यो । पछिल्ला केही वर्षयता भने उनी कमै चलचित्रमा देखिएका छन् । 

यसअघि आफूले अभिनय गरेको एउटा चलचित्र व्यवसायिक रूपमा असफल भएपछि गोविन्दा केही निराश भएका थिए । चलचित्र ‘फ्राइडे’ हास्यप्रधान भएको बताइएको छ । यो चलचित्रको प्रदर्शन पटक–पटक सर्दै आएको छ । अधिकांश दृश्य भारतमै छायांकन गरिएको फ्राइडेलाई इनबक्स पिक्चर्स प्राइभेट लिमिटेडले निर्माण गरेको हो ।

निर्देशक : अभिषेक डोगरा 

कलाकार : गोविन्दा, वरुण शर्मा, प्रभलेन सन्धु तथा डिगांगना सूर्यवंशी ।

प्रकाशित :आश्विन २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्