दसैंका रमाइला कार्यक्रम

- साप्ताहिक संवाददाता

आश्विन २५, २०७५

 

रेडियो कान्तिपुरको चंगा चेट

रेडियो कान्तिपुरले दसैंको अवसर पारेर प्रत्येक वर्ष सञ्चालन गर्दै आएको रमाइलो कार्यक्रम चंगा चेट पर्सि आइतबार अर्थात् असोज २८ गतेका दिन आयोजित गर्दैछ । दिउँसो १ बजेदेखि ३ बजेसम्म कान्तिपुर रेडियोबाट प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रममा लोकप्रिय गायक–गायिकाहरू प्रस्तुत हुँदैछन् । सेलिब्रेटीहरूले चंगा उडाउँदै दसैंको शुभकामना साटासाट गर्ने उक्त कार्यक्रममा गायक–गायिकाहरूले आफ्ना गीत प्रत्यक्ष सुनाउने बताइएको छ । कार्यक्रममा गीत–संगीतका साथै हास्यव्यंग्यात्मक कार्यक्रमसमेत समावेश हुनेछ । 

 

भण्डारढिकमा 

दसैं कन्सर्ट हुने

विजयादशमीको अवसर पारेर असोज ३१ गते कालरात्रिका दिन पोखराको भण्डारढिकमा दसैं कन्सर्ट हुने भएको छ । कन्सर्टमा राष्ट्रिय स्तरमा चर्चित तथा स्थानीय ब्यान्डहरूले लाइभ प्रस्तुति दिनेछन् । उक्त अवसरमा विगत २५ वर्षअघि पोखराबाट उदाएको सांगीतिक ब्यान्ड नेपथ्यप्रति सम्मान व्यक्त गर्दै सैनिक सेभियर, संघर्ष नेपाल, म–यत्न, एक्स डायमन्ड, दि नेक्स डोर, पिस एन मेलोडी, धर्ती ब्यान्ड आदिले नेपथ्यका चर्चित गीतहरूसँगै अन्य गीत प्रस्तुत गर्ने कार्यक्रमका संयोजक सचिन रानाभाटले बताए ।

 

चंगा चेट

भोलि शनिबार साक्व स्काउट्सको आयोजनामा उत्तरी काठमाडौंको जहरसिंह पौवामा चंगा चेट कार्यक्रम आयोजित हँुदैछ । सबैको हुन्छ भेट, जब हुन्छ चंगा चेट नाराका साथ सञ्चालन गर्न लागिएको यो कार्यक्रममा फुड स्टल पनि रहनेछन्, जहाँ आइसक्रिम, पानीपुरी, लस्सी तथा चकलेटका विभिन्न भेराइटी उपलब्ध हुनेछन् । १ हजार रुपैयाँ तिरेपछि ब्रेकफास्ट, लन्च पनि उपलब्ध हुनेछ । जहरसिंहपौवासम्म आउन–जान आयोजकले नै सवारीसाधनको व्यवस्था गर्नेछन् । चंगा चेटका विजेताहरूलाई ट्रफी तथा चितवन घुमघामको प्याकेज उपलब्ध गराइने बताइएको छ । 

समय : बिहान ७ बजे

स्थान : जहरसिंह पौवा

 

बडादसैं शुभकामना साँझ

भोलि शनिबार युमी फाइन एन्ड डाइनको आयोजनामा बडादसैं शुभकामना साँझ हुँदैछ । कार्यक्रममा गायक यम बराल तथा जेए ब्यान्डले आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्नेछन् । यो कार्यक्रमको टिकटमा स्न्याक्स, लाइभ बफेट एवं वेलकम ड्रिंक्स समावेश भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक तुलसीराम श्रेष्ठले बताएका छन् । 

स्थान : युमी फाइन डाइन, 

बखुन्डोल, ललितपुर

समय : ३ बजे

प्रवेश शुल्क : २ हजार रुपैयाँ

 

चंगा चेट–२०७५

भोलि शनिबार सि डेभिल्स नेपालको आयोजनामा चंगा चेट–२०७५ को आयोजना हुँदैछ । चंगा उडाउन रहर गर्ने सबैले यसमा सहभागिता जनाउन सक्नेछन् । १ हजार रुपैयाँको टिकट काटेपछि मिठा परिकारका साथ संगीतको पनि आनन्द लिन सकिने यो कार्यक्रममा चंगा उडाउने प्रतियोगितापछि डिजेहरूले समेत प्रस्तुति दिनेछन् ।

समय : ११ बजे

स्थान : नर्लिङ होटेल्स रिसोर्ट

प्रवेश शुल्क : ५ सय रुपैयाँ

 

दसैं सेलिब्रेसन 

भोलि शनिबार क्लिफ रेस्ट्रो एन्ड बार तथा द अर्गनाइजरको आयोजनामा दसैं स्पेसल कार्यक्रम आयोजित हुँदैछ । लाइभ ब्यान्ड, डिजे सेसन, चंगा चेट तथा एकल गायन यो कार्यक्रमका मुख्य आकर्षण रहनेछन् । यो उत्सवमा सहभागी हुन ५ सय ५५ रुपैयाँ तिरेपछि क्यान बियर, मोमो तथा चिकेन चिल्ली नि:शुल्क उपलब्ध हुने बताइएको छ ।

समय : ३ बजे

स्थान : क्लफ रेस्ट्रो एन्ड बार, 

ललितपुर मल

प्रवेश शुल्क : ५ सय ५५ रुपैयाँ (भिआइपी)

१ सय ५० रुपैयाँ (नर्मल)

 

कस्तो रमाइलो दसैं फेस्टिभल

पोखरामा भोलि शनिबार ‘कस्तो रमाइलो दसैं फेस्टिभल–२०७५’ को आयोजना हँुदैछ । भिजुअल जोनले आयोजना गर्ने यो फेस्टिभलमा गायक स्वप्न सुमन, र्‍यापर समिर घिसिङ भिटेन तथा गायिका सुरक्षा मल्लले प्रस्तुति दिनेछन् । महोत्सवको थप आकर्षणमा भिडियो डिजे लामा, आत्मसर्ग ब्यान्ड, इनफ्लेम ब्यान्ड तथा कपिल पुनको समेत प्रस्तुति रहनेछ । 

स्थान : पोखरा प्रदर्शनी केन्द्र, नयाँबजार, पोखरा

प्रवेश शुल्क : २ सय रुपैयाँ

समय : दिउँसो १ बजे

 

विकेन्ड लिट्रेचर

प्रकटका प्रणय गजल धरानमा 

पोखरेली गजलकार प्रकट पंगेनी शिवले धरानमा आफ्ना गजल सुनाउँदैछन् । भोलि शनिबार गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा हुने उक्त कार्यक्रममा गजलकार प्रकटले आफ्ना दुई दर्जनभन्दा बढी प्रणय गजल सुनाउँदै वातावरण तताउनेछन् । दिउँसो साढे ४ बजे प्रारम्भ हुने यो कार्यक्रमको आयोजना साहित्य कला संस्कृति प्रतिष्ठान धरानले गर्न लागेको हो ।

स्थान : गोर्खा डिपार्टमेन्टको हल धरान

समय : दिउँसो साढे ४ बजे

 

प्रकाशित :आश्विन २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्