गायिका बानिका प्रधानको मायाको रंग

- साप्ताहिक संवाददाता

आश्विन २५, २०७५

गायिका बानिका प्रधान आफ्नो नयाँ गीत ‘मायाको रंग...’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी छिन् । मेघराज लगुनको संगीत निर्देशनको उक्त गीतका शब्दहरु स्नेहश्री थापा तथा सुरेश वाग्लेले संयुक्त रुपमा रचना गरेका हुन् । सुमित विश्वकर्मा उक्त गीतका संगीत संयोजक हुन् भने गीतमा सांगीतिक समुह कुटुम्बका संगीतकर्मीहरुले बाद्य यन्त्र बजाएका छन् । 

गीतमा कुटुम्बका रुबिन कुमार श्रेष्ठ (बाँसुरी) तथा राजु महर्जन (मादल/धीमे) आवद्ध छन् भने राजा चौधरीले गिटार तथा मेन्डोलिन बजाएका छन् । उक्त गीत भारतको कोलकातास्थित जे रोय वन स्टुडिया तथा काठमाडौंस्थित डोरेमी स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

रमणीय लोकेशनहरु प्रयोग गरिएको उक्त भिडियोको छायांकन अमेरिकामा गरिएका हो । कुनै बेलाका लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र मान सिंहले उक्त भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई सुरेन्द्रले नै छायांकन तथा सम्पादन समेत गरेका छन् । भिडियोमा हीरा रसाइली तथा नन्द लगूनले अभिनय गरेका छन् । तुलसी लगून, तिलक लगून तथा बिमल गजमेरले छायांकनमा निर्देशक सुरेन्द्र मान सिंहलाई साथ दिएका छन् ।

मायाको रंगको म्युजिक भिडियो : 

प्रकाशित :आश्विन २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्