ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण

- साप्ताहिक संवाददाता

आश्विन २४, २०७५

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुने भएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ कारलोनिया राज्यको च्र्यालोटको क्विन सिटीमा आगामी डिसेम्बर २२ तारिखमा आवार्ड आयोजना गरिने भएको हो ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्न लागिएको आयोजकले प्रेश विज्ञप्ति मार्फत जानकारी गराएका छन् । 

जिएनएफए र लभ एन्ड सर्पोट फाउन्डेशन (छण्ज्ञऋ(घ) युएसएको संयुक्त आयोजनामा हुने यो अवार्डको आयोजकमा युएसएबाट मनोज राई, लभ एन्ड सर्पोट फाउन्डेशनका निर्देशक शिव विष्ट रहेका छन् भने नेपालबाट नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठ संयोजक रहेकाछन् ।

विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ नारा अघि सारेको छ । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै सिनेमाको बजार प्रवद्र्धन, पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अवार्डका लागि चाँडैनै छनोट समिति गठन हुने र त्यसपछि पत्रकार भेटघाट गरिने नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, लभ एन्ड सर्पोट फाउन्डेशनका अध्यक्ष मनोज राईद्वारा जारी गरिइएको विज्ञप्तिमा भनिएको छ । 

 

प्रकाशित :आश्विन २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्