नेपाली युवालाई दुर्गा रायमाझीको आह्वान

- साप्ताहिक संवाददाता

आश्विन २३, २०७५

बरिष्ठ लोकगायक दुर्गा रायमाझीको नयाँ गित ‘फर्क दाई फर्क’ सार्वजनिक भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, भिजन लुम्विनीका प्रमुख जगत पोखरेल लगायतले राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा विदेशीएका युवालाई आफ्नै देश फर्किन आह्वान गरिएको छ । 

सार्वजनिक गीतमा गायक रायमाझीकै शब्द तथा लय रहेका छन् । कार्यक्रममा मन्त्री गोकर्ण विष्टले गीतको स्वर मात्रै नभएर शव्द पनि मार्मिक र सन्देशमुलक रहेको भन्दै युवालाई सकेसम्म स्वदेशमै संघर्ष गर्न आह्वान गरे । उनले अबको केहि वर्षमा सरकारले समेत पैसा कमाउनका लागी कोहि युवा विदेश पलायन हुन नपर्ने बनाउने समेत बताए ।

गीत सार्वजनिक गर्दै श्रम मन्त्री बिष्टले सरकार र मन्त्रालयको भावना गीतले प्रकट गरेको बताए । सरकार र नेताहरुले गरेको आह्वानलाई जनताले सजिलै नपत्याउने गरेकाले कलाकारहरुको आह्वान प्रभावकारी हुने र हजारौं युवाहरु स्वदेश फर्किन प्रेरित हुने विश्वास व्यक्त गरे ।

अर्का नेता विश्वप्रकाशले विदेशमा भएकाले स्वदेशमा फर्कन र स्वदेशमा भएकाले देशको विकासमा लाग्न आग्रह गरे । उनले भने, ‘अव सवै मिलेर देशलाई विकास गर्न सक्यौं भने पक्कैपनि हरेक युवा स्वदेश फर्कनेछन् र स्वदेश भएकाहरु विदेश जान छोड्नेछन् ।’ 

विदेशमा बसेर नेपालबाट गुन्दु्रक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गीतमा पैसाले मात्रै सुख नहुने अनुभूती प्रवासीहरुले गरेको आशय व्यक्त गरिएको छ ।

गीतको म्यूजिक भिडियो :

प्रकाशित :आश्विन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्