डर पनि कस्तो

- साप्ताहिक संवाददाता

आश्विन २३, २०७५

राम्रो साइतमा चलचित्र प्रदर्शन गर्न चाहनु हरेक निर्माता–निर्देशकको पहिलो लक्ष्य हो । त्यसैले तीज, दसैं, तिहार, होली जस्ता ठूला चाडपर्वमा नेपाली चलचित्र जुध्नु सामान्य भैसकेको छ । अझ विशेष पर्वमा त ठूला बजेटका हिन्दी चलचित्र समेत थपिएपछि नेपाली निर्माताहरूलाई थप तनाव हुन्छ । 

यतिबेला रेखा थापालाई त्यस्तै तनाव छ । उनले आफ्नो चलचित्र मालिकालाई कात्तिक २१ गते अर्थात तिहारको लक्ष्मीपूजाको दिन प्रदर्शन गर्ने घोषणा गरेकी थिइन् । त्यहि दिन भुवन केसीले क्याप्टेन पनि प्रदर्शन गर्ने बताइरहेका थिए । अहिले आएर बलिउड अभिनेता आमिर खानको नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ पनि तिहारकै मौका पारेर त्यहि मितिमा प्रदर्शन हुने भनेपछि नेपाली निर्माताहरू तनावमा छन् । 

आमिरको चलचित्र आउने निश्चित भएको केही क्षणमै रेखाले आफ्नो चलचित्रलाई छ दिनअघि अर्थात् कात्तिक १६ मा प्रदर्शन गर्ने घोषणा गरिन् । उक्त मितिमा माधव वाग्ले र दीपेन्द्र के खनालको ‘चंगा चेट’ प्रदर्शन हुने निश्चित छ । आमिरको डरले अगाडि आउन लागेकी रेखाले अब प्रियंका कार्कीसँग जुध्नुपर्नेछ । यसअघि रेखा र प्रियंकाका कुनै पनि चलचित्र जुधेका थिएनन् । तिहारको पूर्वसन्ध्यामा हुन लागेको उनीहरूको यो पहिलो भेटको परिणाम कस्तो आउने हो, प्रतीक्षाकै विषय भएको छ । 

प्रकाशित :आश्विन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्