सुनिल गिरीको परदेशी
आश्विन २३, २०७५
सुनिल गिरीको स्वरमा रहेको नयाँ गीत परदेशी (कस्तो यो मन भाग–२) सार्वजनिक भएको छ । यो मन एल्बम भित्र समावेश गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गायक सुनिलकै शब्द तथा सङ्गीत रहेको गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ । श्रेया शर्मा र गायक स्वयमले अभिनय गरेको उक्त गीतको भिडियोलाई दार्जिलिङ, सिक्किम, घान्दु्रुक र जोमसोमलगायतका रमणीय ठाउँमा छायांकन गरिएको छ ।
अनिल के मान्नधरले निर्देशन गरेको गीतको भिडियोलाई पवन सिम्खडाले छायांकन र सीलन लम्सालले सम्पादन गरेका छन । सुनिलका को होला त्यो, देउराली भन्ज्याङ्, कस्तो यो मन भाग–१ लगायतका गीत चर्चामा छन् ।
परदेशीको म्यूजिक भिडियो :
प्रकाशित :आश्विन २३, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्