ओहो, दसैं लागेछ

- साप्ताहिक संवाददाता

आश्विन २३, २०७५

 

दसैं आउनै लाग्यो, अब मज्जाले निउँ खोजिन्छ । लुगा, जुत्ता, ब्याग सबका सब निउँ । 

विद्या काफ्ले 

दसैंमा खसी किन्न गाउँ वा नगरपालिकाबाट आर्थिक हैसियतको प्रमाणपत्र लिनुपर्छ कि पर्दैन ? के भन्छ नयाँ नियम कानुनले ? 

डेजाभू 

छिमेकीको वाइफाइ र छिमेकीकी छोरी उस्तै–उस्तै हुन्, सिग्नल दुबैले दिने, कनेक्ट दुवै नहुने । 

बांगो चोर

बिहेमा गयो बेहुला मनपर्छ, हस्पिटल गयो डाक्टर मनपर्छ, होस्टल गयो म्यानेजर मनपर्छ, हैन के भा’को छ आजकल मलाई ? 

अञ्जना सुवेदी 

बरु सिंगल नै बस्न सकिन्छ तर भेज चैं म:म खान नसकिने रै’छ । 

सृजना आचार्य 

सबैले भन्छन् एक्लै आएको हुँ, एक्लै जान्छु तर सत्य के हो भने दुई जनाबिना कोही आउँदैन र चार बिना कोही जाँदैन । 

सानी शर्मा

बलात्कारीलाई फाँसीको सजाय हुने निश्चित भएपछि बलात्कृत हुने महिलालाई पनि मारेर फ्याँक्ने कुचलन बढेर जाने सम्भावना हुन्छ । 

डा.मिङ्मा शेर्पा 

श्रीमती त नामर्दले मात्र कुट्छन्, हिम्मत छ भने गर्लफ्रेण्ड कुटेर देखाउनु नि, कत्ति न खुबै । 

थरिको नाति रुपु 

मानिसहरू भन्छन् रक्सीले मातिन्छ । किन देख्दैनन् यहाँ वैंसले, धनले, रुपले, ज्ञानले मात्तिने पनि धेरै छन् ? 

दिनेश कोइराला

ओहो, दसैं लागेछ । बाहिरी मौसम, यस्तो मौसममा बाल्यकालमा कम रमाइलो हुन्थ्यो ? 

निशान 

केटा भन्या त दाह्री भा’को पो हुनुपर्छ, जुँगा त बिरालोको पनि हुन्छ । 

सुजिता निरौला

माया र पुल उस्तै–उस्तै हुन् । मायाले दुई मनलाई जोड्ने काम गर्छ भने पुलले दुई ठाउँलाई । 

सरोज 

बदमास पनि यति भइएछ कि आफ्नो गोजीको पैसो आफैंले चोरेर हिँड्नुपर्‍यो । 

हेल्लो प्रेम

पढाइबाट त त्यतिबेलै भरोसा उडेको हो, जब आफ्नै नागरिकता लिन जबर्जस्ती ल्याप्चे ठोकाइयो । 

आचार्य राजा

दुनियाँलाई हँसाउनु नै छ भने जोक्स होइन आफ्नो दु:ख–पीडा सुनाइ दिनुहोस्, हाँस्ने त के कुरा, अलि पर पुगेपछि नाच्न पनि थाल्छन् । 

विवेक

शंका लाग्न थाल्यो तिम्रो मायामा, खै दसैं आइसक्यो...न कपडाको साइज सोध्छौ, न त जुत्ताको । 

मोनालिसा

पिलेनको आवाज सुनेर आकाशतिर नहेर्ने र तिम्रो पहाड घर कहाँ हो भनेर नसोध्ने नेपाली पनि के नेपाली ? 

विवश धरेल

अघिल्लो साल मावलीकी हजुरआमाले अर्को साल नातिनि बुहारीको मुख हेर्न पाउँ भन्नुभा’थ्यो, यो साल एक्लो मुख लिएर कसरी मावली जानु ? 

जी लम्साल

यो जमाना गर्लफ्रेन्ड बनाउने होइन, भएकी गर्लफ्रेन्ड जोगाउने हो रे’न्त । 

रामकुमार मगर

प्रकाशित :आश्विन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्