परदेशिन बाध्य सेनाको पिडा
आश्विन २२, २०७५
दशैं पर्व नजिकिएसंगै दशैंका गीतहरु दिनहुँ सार्वजनिक भएका छन् । यसैक्रममा गायक विशाल निरौलाले परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर ‘ज्यान यो परदेशी भयो’ बोलको दशैं गीतको म्यूजिक भिडियोलाई युट्युववाट सार्वजनिक गरेका छन् ।
गायक निरौलाकै शब्द र संगीत रहेको गीतको भिडियोमा वाध्यताले परदेशिन बाध्य भएका सेनाको पिडा झल्काइएको छ । चाडपर्वका बेला विदेशमा रहँदा मनमा आउने गाउँघर, परिवार र साथिभाईको सम्झनालाई मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको छ ।
भिडियोमा अभिनेत्री रश्मी भट्ट, गायक निरौलासँगै विमल अधिकारी, ओवी रायमाझी, मधु आचार्य, जुना गुरुङ, बिजय अर्याल, वेवो आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीतको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् ।
भिडियो हेर्ने लिंक
प्रकाशित :आश्विन २२, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्