नौलो गाउँ बजारमा

- साप्ताहिक संवाददाता

आश्विन २२, २०७५

गायक जितबहादुर खड्काको नयाँ गीत बजारमा आएको छ । ‘आइयो नौलो गाउँ’बोलको सार्वजनिक गीत गायनमा गायिका सीता थापाले साथ दिएकी छिन् । 

गायक खड्काकै शब्द रहेको गीतमा सहदेव कोइरालाले संगीत दिएका छन् ।  बागिना डिजिटलले ल्याएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । काजिश श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोलाई दीपक बिष्टले सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा करिष्मा ढकालले अभिनय गरेकी छिन् । 

गायक खड्काका यसअघि ‘पूर्वैमा पर्यो दार्जिलिङ सहर...’बोलको गीतले निक्कै चर्चा बटुलेको थियो ।

नौलो गाउँको म्यूजिक भिडियो :

 

प्रकाशित :आश्विन २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्