सहिमालाई पर्ख भन्दै डेविड शंकर

- साप्ताहिक संवाददाता

आश्विन २१, २०७५

गायिका सहिमा श्रेष्ठ र गायक डेबिड शंकरको आवाजमा लोकलयमा आधारित गीत सार्वजनिक भएको छ । ‘सलल बगेको पानी’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । सुमन बैरागीले लेखेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

गीतको म्यूजिक भिडियो निर्देशन भने राजु अधिकारीले गरेका छन् । रोमान्टीक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा जस्मिन श्रेष्ठ र बिनोद न्यौपानेले अभिनय गरेका छन् । गीतमा कोरियोग्राफी कविराज गहतराजको हरको छ । 

सुदीप बरालले खिचेको म्यूजिक भिडियोलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । 

सलल बगेको पानीको म्यूजिक भिडियो :

 

प्रकाशित :आश्विन २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्