कवितामाथि हेमको नौलो प्रयोग

  • विकास थापाको कविता संग्रह ‘ओकलेर आगो’ सार्वजनिक

- साप्ताहिक संवाददाता

आश्विन २१, २०७५

नेपाली कविता साहित्यमा लोकप्रिय नाम हो– हेम प्रभास । उनले अघिल्लो वर्ष उपन्यास सार्वजनिक गर्दै आफ्नो कवि परिचयमा आख्यानकारको परिचय थपेका थिए । यसै साताबाट उनको अर्को एउटा परिचय पनि थपिएको छ । उनी निर्देशकका रुपमा अगाडी आएका छन् । हेमले नेपाली कविता माथि पहिलो प्रयोग गरेका छन् । उनले पहिलो पटक कविता माथि भिडियो निर्माण गरेका छन् । 

नाटक तथा उपन्यासका केहि भिडियोहरु निर्माण भएका भए पनि नेपाली कविता माथि भने भिडियो निर्माण भएका थिएनन् । शनिबार राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी कवितामाथिको पहिलो म्यूजिक भिडियो प्रदर्शन गरियो । जुन भिडियोमा अहिलेका लोकप्रिय कलाकार पुष्पल खड्का र वर्षा शिवाकोटीले न्यायपूर्ण अभिनय गरेका छन् । कवि विकास थापाको ‘ओकलेर आगो’ कविता संग्रहभित्रको एउटा कविता ‘बुझ्नै सकिनँ आज तिमीलाई’ शीर्षकको कवितालाई हेमले श्रव्यसँगै दृश्यमा उतारेका हुन् । शनिबार प्रशर्दन गरिएको उक्त भिडियो आउँदो शनिबार युट्युब रिलिज गरिने हेमले बताएका छन् । 

हेमले निर्देशन गरेको यस भिडियोमा कविता वाचन पनि हेम आफैले गरेका छन् । उक्त भिडियो प्रदर्शनकै क्रममा कवि विकास थापाद्वारा लिखित कविता कृति ‘ओकलेर आगो’ उनकै आमाले सार्वजनिक गरिन् । आप्रवासी कवी थापाकी आमाको विशेष आतिथ्यसँगै बुक्सेलर प्रकाशनका प्रमुख प्रोल्लास सिन्धुलीयको सभापतित्वमा सम्पन्न कार्यक्रममा लोकार्पित कृतिमा जम्मा ५९ वटा कविता संग्रहीत रहेका छन् । 

प्रकासित कृतिमाथि आफ्नो धारणा राख्ने क्रममा कवि प्रभाती किरणले कृति भित्रका ५९ वटा कवितामा जात, धर्म, माया, प्रेम, पीडा, बिछोड लगायत समाजमा देखिने सबै विषयलाई समेट्न सकिएको एक उत्कृष्ट कृतिका रूपमा औाल्याए । 

त्यसैगरी अर्का समालोचक दाहालले यो कृतिमा मानिसको मष्तिष्कको मात्रै अध्ययन नभएर युगिन अवस्था, इतिहास, क्रान्ति, आदिको पनि राम्रोसाग अध्ययन गरिएको र उनका कवितामा कुनैपनि गणितले प्रमाणीत गर्न नसक्ने तत्थ्यहरू समेटिएको भन्दै आफ्नो धारणा राखेका थिए ।

कवि थापाका यस अघि फूलमाथिको जून, मौनताका सुस्केराहरू र दशगजाको वरिपरि गरी तीन कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

 

प्रकाशित :आश्विन २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्