मदनकृष्ण श्रेष्ठको अन्तरवार्ताले भावुक बनायो

- साप्ताहिक संवाददाता

आश्विन २०, २०७५

 

फरक क्षेत्रमा स्थापित युवाहरूका सम्बन्धमा विशेष सामग्री पढेर खुसी लाग्यो (फ्रन्टपेज : सेलिब्रेटी अन्डर ३०) आ–आफ्नो क्षेत्रमा क्रियाशील यी युवाहरू धेरैका लागि प्रेरणाको स्रोत हुन् । साप्ताहिकमा अन्य क्षेत्रका प्रतिभाशाली युवाहरूलाई समेत यस्तै विशेष स्थान दिइयोस् । 

डम्मर सिंह

अहिले बनेको कानुनको पालना भए त राम्रै हो (मंगल होस् : विश्वासघाती कानुन) । बलियालाई कानुन नलाग्ने, निर्धालाई मात्र कानुन लाग्ने देश हो यो । 

शिव रेग्मी

नेपाल मात्र यस्तो देश हो, जहाँ कवि, साहित्यकार, खेलाडी, संगीतकार, नाट्यकर्मी आदि राज्यबाट उपेक्षित हुन्छन् (यात्रा सन्दर्भ : सहयोगको राम्रो प्रारम्भ) । संस्कृति मन्त्रीले पुरानो परम्परा तोड्दै सहयोगको जुन पाइला चालेका छन्, त्यो प्रशंसनीय छ । यसले थिएटरको विकासमा पक्कै टेवा पुर्‍याउनेछ । 

जमुना सुवेदी

पार्किन्सनबाट पीडित कलाकार मदनकृष्ण श्रेष्ठको अन्तरवार्ताले भावुक बनायो (अन्तर्वार्ता : जिन्दगी भनेकै फिलिम र फिलिम भनेकै जीवन हो) । अरूलाई हँसाउने सशक्त कलाकारको जीवन वास्तबमा कति दु:खदायी छ भन्ने थाहा भयो । जीवन सोचे जस्तो नहुने रहेछ । 

अनुप घोरासैनी

हाम्रो जस्तो देशमा कुशल व्यवस्थापकको खाँचो छ (उच्च शिक्षा : व्यवस्थापनमा अवसर नै अवसर) । यस्तोमा व्यवस्थापन अध्ययन गरे देशलाई चाहिने जनशक्ति तयार हुनेछ । युवाहरूले स्वदेशमै सम्भावना खोज्नुपर्छ । सरकारले पनि नेपालमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । 

आरती चौहान

स्काइपको यो सिस्टम राम्रो लाग्यो (साइन्स एन्ड टेक्नो : स्काइपको कल रेकर्ड गर्न सकिने) । अब क्यामेराको काम पनि स्काइपबाटै गर्न सकिने भयो । 

सुमन कुँवर

आदित्य श्रेष्ठ र तमन्ना लम्साललाई बधाई (लिटिल स्कुल स्टार) । यो सानो उमेरमा प्राप्त ठूलो सफलता हो । यद्यपि यो सुरुवात मात्र हो । यसपछि थुपै्र खुड्किला बाँकी नै छन् । 

बलबहादुर अधिकारी

अरुण थापाजस्ता कलाकारको सम्झना गर्नु ठूलो कुरा हो (हङकङमा अरुण थापाको सम्झना) । देश–विदेशमा यस्ता कलाकारहरूलाई श्रद्धा, सम्मान गर्नु जरुरी छ । जति नै नयाँ कलाकारहरू आए पनि पुराना गीत, संगीत तथा कलाकारको महत्व घटेको छैन, बरु बढ्दै गएको छ । 

कृष्ण पौडेल

उमेरले ४३ पुगे पनि शिल्पाको जोश–जाँगर घटेको छैन (कमब्याकको तयारीमा शिल्पा) । अब जुन चलचित्रमा अभिनय गरे पनि उनको चर्चा उत्कर्षमा रहनेछ । कमव्याकमा शिल्पा भूमिका सशक्त हुनेछ भन्ने आशा छ । 

सुमिना थपलिया

यश कुमारका गीतहरू मार्मिक छन् (प्रसंग : जब मेरो बाइक ट्रकमुनि छियो) । समाज परिवर्तन गर्न तथा हाम्रो दृष्टि फेर्न उनका गीतले निकै सघाउ पुर्‍याएका छन् । 

अमृत वली

नेपाल बाहिर यस्ता कार्यक्रमहरू भैरहनुपर्छ (हङकङमा मनाइयो नेपाल डे) । नेपाली कला, संस्कृति तथा साहित्यको प्रबद्र्धन जरुरी छ । विदेशमा रहनेहरूले पनि नयाँ–नयाँ किसिमका कार्यक्रमहरू आयोजित गर्नु उपयुक्त हुन्छ । 

वर्तमान शर्मा

यौन शिक्षाका सम्बन्धमा स्कुल जीवनदेखि नै जानकारी दिनुपर्छ (मुक्त आकाश : यौन शिक्षा खै ?) । त्यसले विषयवस्तु बुझ्न, आफ्नो सोचको दायरा फराकिलो बनाउन सहयोग पुर्‍याउँछ । 

सन्तोष न्यौपाने

सिमोन जोन्सन आँटिली युवती हुन् (मैदान बाहिर : द रककी छोरीको तयारी) । उनमा बुबाको ठूलो प्रभाव छ । यो यात्रामा उनी पक्कै सफल हुनेछिन् । 

अजित लिम्बू

प्रकाशित :आश्विन २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्