आज पोखरामा नवीन के भट्टराई

- साप्ताहिक संवाददाता

आश्विन १९, २०७५

आज शुक्रबार पप स्टार नवीन के भट्टराईको आवाज पोखरामा घन्किँदैछन् । ‘पोखरेली न्युज नाइट’ कार्यक्रमको मुख्य आकर्षणका रूपमा नवीन आफ्नो ब्यान्ड अतृप्तसँगै मञ्चमा प्रस्तुत हुनेछन् ।

पोखरेली न्युजको आयोजना तथा पब्लिक इभेन्टको व्यवस्थापनमा सञ्चालन हुने यो कार्यक्रममा नवीनले ५० को दशकमा हिट भएका आफ्ना डेढ दर्जनभन्दा बढी गीत सुनाउनेछन् । साँझ ६ बजे प्रारम्भ हुने कन्सर्टमा

नवीनले झण्डै साढे २ घण्टा बिताउँने बताइएको छ । 

स्थान : दिव्य श्री ब्याङ्केट (बाजेको सेकुवा), नागढुंगा, पोखरा

प्रवेश : नि:शुल्क समय : साँझ ६ बजे

 

प्रकाशित :आश्विन १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्